सहरी विकास मन्त्री नारायण खड्काले शीर्ष नेताहरुको जुँगाको लडाइँको कारण संबिधान निर्माणको प्रकृयामा ढिलाई भएको जिकिर गर्नुभएको छ ।

शीर्ष नेताले संबिधान नचाहेको भन्दै उहाँले अहिलेको लडाइँ संबिधान निर्माणका लागि नभई जुँगाका लागि भइरहेको ठोकुवा गर्नुभयो । उदयपुरको सदरमुकाम गाईघाटमा आज सञ्चारकर्मीहरुसंग कुरा गदै असहमतिका बुँदा मध्ये संघीयताको बिषयमा कांग्रेस आठ वा नौ प्रदेशमा जानसक्ने बताउनुभयो । एकीकृत माओवादी लगायतका मोर्चा पनि संख्यामा लचिलो हुनुपर्ने मन्त्री खड्काको भनाई थियो ।

Comments