नेकपा–माओवादीबाट सम्बन्ध विच्छेदको घोषणा गरेका नेता नेत्रविक्रम चन्दले आफूहरु नयाँ क्रान्तिमा होमिएको उद्घोष गर्नुभएको छ ।

आज बिहान चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उहाँले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गर्नुभयो । नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै उहाँले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले क्रान्तिको नाममा अवसरवादीहरु हावी भएको र आम नागरीकले परिवर्तनको कुनै अनुभूति गर्न नपाएको भन्दै आफूले विद्रोहमा उत्रनुपरेको स्पष्ट पार्नुभयो ।

Comments