दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलन काठमाडौंमा आज शुरु भएको छ ।

सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गर्नुभएसंगै  प्रधानमन्त्री सुशील कोईरालाले पानसमा बत्ती बालेर औपचारीक उद्घाटन गर्नुभएको हो ।   कोईरालाले आफ्नो उदघाटन भाषणमा सार्कका सबै मुलककका कार्यकारी प्रमुख सहित अन्य पाहुनाहरुको स्वागत गर्नुभएको छ । शान्ति र समृद्धिका लागि गहन एकता भन्ने नारा सहित राष्ट्रिय सभागृहमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा सहभागी हुन सार्क राष्ट्रका सरकार र राष्ट्रप्रमुखहरु तथा ९ राष्ट्रका पर्यवेक्षकहरु हिजो नै नेपाल आईसक्नुभएको छ । सम्मेलन विशेषगरि युरोपेली युनियन, आसियानको हैसियतमा पु¥याउन साफ्टा सम्झौतालाई प्रभावकारी बनाउने र त्यस माफर्त १५ वर्षभित्रै दक्षिण एसियालाई आर्थिक युनियनको रुपमा अघी वढाउने, शान्ति सेनामा क्षेत्रीय एकता देखाउने र राष्ट्रसंघ पुर्नसंरचनामा एकमुष्ठ आवाज पु¥याउने विषयमा छलफल केन्द्रीत हुने बताईएको छ ।
पर्यवेक्षक मुलुकको भुमिकाका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यतालिका छ ।

पर्यवेक्षक राष्ट्रले सार्कमा भुमिका खोजिरहेका वेला उनीहरुले पनि सम्मेलनका क्रममा लगानी र सहयोगको अवधारणा राख्न पाउनेछन् । सम्मेलनमा सार्क सदस्य राष्ट्रले १० मिनेट र पर्यवेक्षक राष्ट्रले ५ मिनेट आफ्नो धारणा राख्ने समय तालिका तय गरिएको छ ।

Comments