मिस्टर परफेक्टनेस्ट आमिर खानलाई जताततैबाट सफलता मिलेको छ । भर्खरैमात्र आमिर र उनकी जिवन संगिनि किरण रावलाई १ घण्टा अवधिको विज्ञापन शुटको लागि २ करोड रुपैयाको अफर दिइएको छ ।

यो एक होम प्रोडक्टको विज्ञापन हो । स्रोतका अनुसार आमिर होम प्रोडक्ट एडको लागि सहमत हुन सक्छन् । ब्राण्ड निर्माताले आमिरकी पत्नी किरणलाई साथमा लिएर विज्ञापन बनाउन चाहेको बताइएको छ । आमिर ती सुपरस्टार मध्ये एक हुन् जसले विज्ञापनको लागि सबै भन्दा बडी रकम दिईन्छ । सामान्यतया विज्ञापन शुटको लागि २–३ दिनको समय लाग्छ । तर १ घण्टाको शुटको लागि यस जोडीलाई २ करोडको अफर दिइएको छ ।

सत्यमेव जयते टीभि शो गरेपछि आमिरलाई एक ठुलो बिजनेस हाउसको ब्राण्ड एम्बेसडरको लागि साईन गराइएको थियो ।

Comments