गत आइतबार राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएका छात्रालाई एसिड छ्याप्नेमाथि कारबाहीको मागगर्दै आज पनि काठमाडौंमा विरोध र्‍याली निकालिएको छ ।

राजधनीको बसन्तपुरमा निर्भय फाउन्डेसनको अगुवाइमा निकालिएको र्‍यालीमा सहभागीहरुले हिंसामा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए । प्रहरी कार्यालयनजिकै भएको एसिड प्रहारको घटनामा संलग्नलाई अझै पक्रन नसक्नु लज्जास्पद भएको उनीहरुले बताए । ट्यिुसन पढ्न गएकी छात्राद्धय संगीता मगर र सीमा बस्नेतमाथि एक युवकले एसिड छ्यापेर भागेपनि प्रहरीले मंगलबारसम्म घटनामा संलग्नलाई पक्रन सकेको छैन ।

घटनाका दोषीलाई पक्रेर तत्काल कारबाही गर्न माग गर्दै हनुमान ढोका प्रहरी कार्यालय अगाडि केहीबेर मौन रुपमा धर्ना समेत दिइएको थियो ।

Comments