विश्वमै महामारीको रुपमा फैलिएको ईबोला भाईरसको परिक्षण अब नेपालमै गर्न सकिने भएको छ ।

मुलुकमा स्थापित पहिलो बायो सेफ्टी लेभल थ्री बीएसएल प्रयोगशालामा इबोलाजस्ता अति संक्रामक जीवाणु परिक्षण हुने भएको हो । विश्व स्वास्थ्य संगठनले सो प्रयोगशाला प्रमाणिकरण गरेकाले अति संक्रामक रोगको नमुना विदेश पठाउनुपर्ने बाध्यता हटेको छ । नियन्त्रित पहुँचअन्तर्गत विशिष्ट प्रकारका परीक्षण गर्ने प्रयोगशाला अभावलेअति संक्रमक जीवाणुको परिक्षण गर्न विदेश पठाउनुपथ्र्यो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत यो प्रयोगशालामा अत्यन्त उच्च संक्रामक रोगको परिक्षण्, अध्ययन अनुसन्धान गर्न सकिने छ ।

Comments