कोरियाली भाषा परीक्षा असार पहिलो साता सञ्चालन हुने भएको छ ।

यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा ईपीएस परीक्षा अबदेखि जेठ अन्तिम सातादेखि असार पहिलो साताभित्र लिन लागिएको हो । दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा व्यवस्थापन गर्न कठिन भएकाले अबदेखि असारमै परीक्षा सञ्चालन गरिने भएको हो ।  राजधानीमा रहेकाहरू समेत दसैंका लागि धमाधम घर फर्किन सुरु गर्ने बेलामा परीक्षा दिन थपिने ६० हजारभन्दा बढी परीक्षार्थीलाई यातायात व्यवस्थापन गर्न कठिन हुने भएकाले नेपालले परीक्षा तालिका परिवर्तन गर्न कोरिया सरकारसँग प्रस्ताव गरेको हो ।

नेपालको प्रस्तावमा कोरियाले सहमति दिइसकेको छ । ईपीएस कोरिया शाखाका अनुसार पहिलो साताभित्र परीक्षा सञ्चालन गर्ने निर्णय भइसके पनि मिति भने निक्र्याेल हुन बाँकी छ ।

Comments