आहा–रारा गोल्ड कप फुटवल प्रतियोगिताको १३ औँ संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र नव जनजागृति युवा क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टिम पहिलोपटक आमनेसामने हुन लागेका हुन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, नेपाल एपीएफ क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, झापा एघार फुटबल क्लब र एफसी यूके सहभागी छन् ।

यसैगरी प्रतियोगितामा पहिलोपटक नयाँ पाँच टिम जगदम्बा लुम्बिनी फुटबल क्लब, कञ्चनजंघा फुटबल क्लब, भारत, सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली, अल्ट्रसट टाउन एफसी यूकेले समेत भाग लिएका छन् ।

Comments