मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको राष्ट्रिय भेलामा आज अध्यक्ष मोहन वैद्यको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

हिजोदेखि काठमाडौंको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा अहिले अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनमाथि १८ वटा समूहमा छलफल भइरहेको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । समूहगत छलफलपछि समूहका लिडरले आफ्नो समूहको निष्कर्षसहितको सुझाव आजै प्रस्तुत गर्ने बताइएको छ । तीन दिने राष्ट्रिय भेलामा सचिव नेत्रविक्रम चन्द समूह पार्टीबाट अलग भएपछिको अवस्था, मुलुकको समसामायीक राजनीति अवस्था लगायत विषयको समक्षिा गर्दै आगामी कार्यनीति तय गर्ने प्रवक्ता भुषालले जानकारी दिनुभयो ।

Comments