सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले संविधानसभाभित्र र बाहिर रहेका ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले एकीकृत माओवादी मोर्चाले घोषणा गरेको आन्दोलनले मुलुकलाई सहमति भन्दा पनि द्धन्द्ध र मुठभेठमा लैजाने भन्दै आन्दोलन तत्काल फिर्ता लिई सहमतिमा आउन आह्वान गरेका हुन् । काँग्रेसका नेता अर्जुनरसिंह केसीले एकीकृत माओवादी मोर्चाको आन्दोलनले मुलुकमा राजनीतिक ध्रुवीकरण बढाउने भन्दै तत्काल आन्दोलन छाडेर वार्ता र सहमतिको टेबलमा आउन आह्वान गर्नुभयो । एमालेका नेता शंकर पोखरलेले पनि मोर्चाले तत्काल आन्दोलन फिर्ता लिनुपर्ने बताउनुभएको छ । उहाँले मोर्चाले आन्दोलन फिर्ता नलिए उ संविधान बनाउनेभन्दा पनि नबनाउनेतर्फ उन्मुख रहेको साबित हुने आरोप लगाउँनुभयो ।

तर एकीकृत माओवादीका नेता अग्निप्रसाद सापकोटाले भने सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले गणितिय दम्भ देखाएर प्रक्रियाबाट संविधान जारी गरे आफूहरु संविधानसभाबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

Comments