इङ्लिस प्रिमियर लिगअन्तर्गत आज राति पनि सात खेल हुँदैछन् ।

म्यान्चेष्टर सिटी र क्रिष्टल प्यालेसवीच इतिहाद स्टेडियममा खेल हुनेछ । त्यस्तै, एष्टन भिल्ला र म्यान्चेष्टर युनाइटेडवीच खेल हुँदैछ । त्यस्तै केसी स्टेडियमा हल सिटी र स्वान्सी सिटी आमनेसामने हुनेछन् । यस्तै क्युपीआर र वेष्ट ब्रोम युनाइटेड पनि आज नै भिड्ने भएका छन् । क्वीन पार्क रेञ्जर्सका उच्च गोलकर्ता चार्ली अष्टिन एक म्याच सस्पेन्सन पछि आज मैदानमा फर्किने भएका छन् ।

त्यस्तै साउथह्याम्पन र एभर्टन आमनेसामने हुँदा टोटनहयाम र बनर््ले भिड्नेछन् भने वेष्टह्याम युनाइटेड र लिसेष्टर सिटीको पनि भिडन्त आजै राति हुनेछ । लिसेष्टर सिटीले प्रिमियर लिगमा जीत निकालेको तीन महिना बितेको छ । अंकतालिकामा सबैभन्दा पुछारमा रहेको लिसेष्टरले आज जीत निकाल्दै स्थान सुधार्ने प्रयत्न गर्नेछ ।

Comments