Category: फरक

१३ अर्बको चिठ्ठा परेपछि पति त्यागेर चोरसँग बिहे

काठमाडौं । स्कटल्याण्डकी एक महिलाले १३ अर्ब २२ करोडको चिठ्ठा परेपछि पति त्यागेर चोरीको अपराधमा करार भएका व्यक्तिसँग दोश्रो विवाह गरेकी छिन् । विख्यात युरोमिलियन ठूलो रकमको चिठ्ठा कारोबार गर्ने कम्पनी हो । गिलियन बेफोर्ड कम्पनीबाट करोडौँको चिठ्ठा जितेपछि पति छाडिदिएकी हुन् । ‘द सन’ मा प्रकाशित रिपोर्ट अनुसार नवपति ब्रियन प्रोपर्टी रिनोभेटर कम्पनीमा कार्यरत छन् । उनले भनेका छन्, ‘नव विवाहित पत्नीलाई प्रेमप्रसङ्ग चलिरहेकै अवस्थामा आफूले विगतमा गरेको अपराधबारे बताइसकेको छु । प्रेमिका गिलियनले ६ वर्ष पुरानो कुराले महत्व राख्दैन र एउटै कुराका लागि जीवनभर सजाय दिइरहन पनि मिल्दैन भन्दै आफूलाई स्वीकार गरेको उनको कथन छ ।’ दुई सन्तानकी...

Read More

चोरले उडाए ५६ सिटे विमान,भिडियो गेम खेलेर उडान जानेको प्रतिक्रिया

एजेन्सी । अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति एक २९ वर्षीय युवकले अनुमति बिना विमान उडाए । रसेल होराइनज एयरका कामदार थिए । शुरुमा आतंकवादी घटना हुनसक्ने भय व्याप्त भए पनि स्थानीय प्रहरीले विमानमा कोही यात्रु नभएको र आतंकवादी घटना नभएको बताइयो । त्यसपछि दुई वटा एफ १६ फाइटर जेटले पछ्यायो । यता एयर ट्राफिक कन्ट्रोलरले पाइलटसँग कुरा गर्दै ७६ सिटे विमानलाई सुरक्षित अवतरण गर्ने प्रयत्न गर्‍यो । केट्रन आइल्यान्डमा सो विमान दुर्घटना भएपछि बल्ल सो विमानस्थलमा उडान र अवतरण खुला गरिएको थियो । दुर्घटनामा परी रसेलको मृत्यु भयो । रसेलले शुक्रवार साँझ ७स्३० बजेतिर विमान उडाएका थिए...

Read More

हावाले उडाएर रुस पुर्याएका अमेरिकी नागरिक पक्राउ

काठमाडौं । अमेरिकाका एक नागरिकलाई रुसका सीमारक्षकहरूले हिरासतमा लिएका छन् । उनलाई जासूसी गरेको वा गैरकानूनी रूपमा रुस पसेकोमा नभई भूलवश सीमा पार गरेको आरोपमा पक्राउ गरिएको हो । अमेरिकाका जोज मार्टिन अलास्काको युकोन नदीमा डुंगा चलाइरहेका थिए । उनले डुंगा लिएर अलिकति पर जानेबित्तिकै मौसम बिग्रियो । अनि त जोन अमेरिका र रुसबीच रहेको बेरिङ समुद्रमा हराए । दुई हप्तापछि जोन किनारमा बल्लबल्ल पुग्दा सीमारक्षकहरूले पक्राउ गरे । बल्ल पो जोनलाई अमेरिकामा नभई रुस पुगेको थाहा लाग्यो । रुसको परराष्ट्र मन्त्रालयले जारी गरेको बयानमा सीमा प्रहरीले मार्टिनलाई चुकोत्का प्रान्तको लवरेन्तियाबाट पक्राउ गरेको बताए । यसबारेमा अमेरिकी दूतावासलाई खबर...

Read More

फेसबुकवालमा अभिनेता ड्वायनको पोष्ट शेयर गर्दा लखपति बन्नपाउने धन्दाको वास्तविकता

एजेन्सी । पछिल्लो केही दिन यता तपाईको फेसबुकवालमा प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको नाममा खोलिएको फेसबुक एकाउण्टबाट शेयर भएको पोष्ट देख्नुभएको होला । उक्त पोष्ट शेयर गर्नेले लाखौं अमेरिकी डलर पुरस्कार जित्नसक्ने प्रलोभन दिइएको हुन्छ । तपाईमध्ये कतिले त साँच्चिकै छिट्टै लखपति हुनपाउने प्रलोभनमा शेयर पनि गरिसक्नुभएको होला । यतिसम्म त ठीक छ तर यसभन्दा अगाडि बढ्नुअघि भने यो समाचार पूरा पढ्नुहोला । वास्तवमा उक्त पोष्टसँग प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको कुनै सरोकार छैन । भिडियोमा जोहन्सनले बोलेको देखाइएको अडियो पनि नक्कली हो । जोहन्सनको निलो टिकमार्कसहित भेरिफाइड अधिकारिक फेसबुक पेजमा गएर यसको पुष्टि गर्नसकिन्छ...

Read More

यस्तो गाउँ जहाँ पत्नी गर्भवती हुनसाथ पतिले गर्छन् दोस्रो विवाह !

काठमाडौं । शीर्षक पढेर तपाईलाई अचम्म लाग्न सक्छ श्रीमती गर्भवती हुनसाथ श्रीमानले किन अर्को बिबाह गर्छन् भनेर ? यो समाचार कतिलाई त विश्वास गर्न समेत गाह्रो हुनसक्छ तर यो सत्य हो । भारतको राजस्थानको केही गाँउहरुमा यस्तो प्रचलन अझैसम्म कायमै छ । अझ अचम्मको कुरा त के छ भने दोस्री या तेस्री श्रीमती बन्ने महिलाहरुलाई पनि विवाह गर्नुअघि यसबारेमा थाहा हुन्छ । अर्थात सहमतिमै यस्तो विवाह हुँदै आएका छन् । यो प्रथा राजस्थानको बाडमेर जिल्ला अन्र्तगत देरासर गाउँको हो । जहाँ पानीको अत्यन्त हाहाकार रहेको छ । उक्त गाउँका महिलाहरुको समय चर्को गर्मि र अत्यन्त चिसो समयमा पनि पूरैै...

Read More