Category: इभेन्ट्स

तयार रहनुहोस कसैको भ्यालेन्टाईन बन्न

भ्यालेन्टाईन डेको अवसरमा एफ फाईभ र न्याभको संयुक्त आयोजना तथा ए एम ई कन्सल्टेन्सीको प्रायोजनमा मेलवर्नमा भ्यालेन्टाईन डे विशेष कार्यक्रम हुने भएको छ । प्रेम पारखीहरुको लागी प्रमुख चाड हो भ्यालेनटाईन डे अर्थात प्रेम दिवश । यो पर्वलाई प्रेम प्रस्ताव राख्ने दिन,नयाँ प्रेम स्थापित गराउने दिन र सम्वन्ध सुदृढ र बलियो वनाउने दिनका रुपमा लिने गरिन्छ । त्यसैले यस दिनलाई झनै अविस्मरणीय बनाउन यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । १४ फेब्रुअरीका दिन सी लाईफ मेलवर्न अक्वारियम अगाडी 26 king st, clique bar मा ‘बी माई भ्यालेन्टाईन’कार्यक्रमको आयोजना गरिएको हो ।  आफ्नो प्रेमीसँग भ्यालेन्टाईन मनाउन  सकिने यो कार्यक्रमको...

Read More

लठ्ठ्यायो मेलबर्नमा सबैलाई डम्फूको तालले

तोरणहरु टाँगिएको हलमा खचाखच थिए दर्शकहरु । एउटा छुट्टै र बेग्लै अनुभूति भैरहेको थियो,सबैको मनमा । त्यहाँको माहोलले नेपालभन्दा टाढा मेलबर्नमा छु भन्ने कसैको मनमा लागिरहेको थिएन । यतिकैमा उद्घोषको कार्यक्रम शुरु भएको घोषणासँगै सयौं थुँगा फूलका हामी एउटै माला नेपाली…गुञ्जिन थाल्यो । अनि त के सबै दर्शक आ आफ्नो स्थानबाट जुरुक्क उठे,तनक्क तन्किए र शीर झनै उचो पारे । शायद नेपाली हुनुको गौरवबोधले । प्रसँग हो,मेलवर्नमा यही शनिवार सम्पन्न डम्फू साँझको । तामाङ सोसाइटी अफ भिक्टोरियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा अष्ट्रेलियाको मेलबर्नमा क्रियाशील विभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई पनि आयोजकका तर्फबाट खादा...

Read More

मेलबर्नवासीको प्रतीक्षा सकियो,आज मस्की मस्की शो हुँदै

मेलबर्नवासी नेपाली समुदायले निकै प्रतीक्षा गरेको म्यूजिकल शो मस्की मस्की आज आइतवार आयोजना हुँदैछ । चहलपहल मेलबर्नको आयोजनामा हुने मस्की मस्की शोको विशेष आकर्षणको रुपमा नेपालको चर्चित व्याण्ड माउन्ट ८८४८ रहनेछ । माउन्ट ८८४८ व्याण्डको अष्ट्रेलिया टुर अन्तर्गत मेलबर्नमा पनि आज यो कार्यक्रम हुन लागेको हो । म्यूजिक फर स्माइल नाराका साथ हुन लागेको यो कार्यक्रम थेरापी नाइटक्लबमा हुँदैछ । कार्यक्रममा नेपाली पप व्याण्ड माउन्ट ८८४८ ले आफ्नो सुपर हिट गीत मस्की मस्की सहित बुढेशकालको लाठी,रात गुजार्न लगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछ । कार्यक्रममा सहभागी हुन व्याण्डको सदस्यहरु शनिवार नै मेलबर्न पुगिसकेका छन् । सदस्यहरुलाई मेलबर्नमा आयोजक चहलपहलका सदस्यहरुले...

Read More

मेलबर्न पनि डम्फूको तालमा झुम्मिने

तामाङ समुदायको नयाँ वर्ष तथा महान साँस्कृतिक पर्व ल्होछारको अवसरमा नेपालमा मात्र होइन विश्वका विभिन्न मुलुकहरुमा ल्होछार कार्यक्रम र उत्सवहरुको आयोजनाले यो वर्ष पनि निरन्तरता पाउँने भएको छ । यसैले अहिले तामाङ समुदायका कलाकारहरुको व्यस्तता पनि निकै बढ्दो छ । यसैक्रममा अष्ट्रेलियाको मेलबर्नमा पनि २८५१ औं ग्यू ल्होछारको अवसरमा डम्फू साँझ हुने भएको छ । तामाङ सोसाइटी अफ भिक्टोरियाको आयोजनामा हुने डम्फू साँझमा नेपालबाट तामाङ गीत संगीतका अग्रज व्यक्तित्व गायक तथा संगीतकार चन्द्रकुमार दोङ र युवा पुस्ताकी चर्चित गायिका शशीकला मोक्तान प्रमुख अतिथि कलाकारका रुपमा आउँनुहुनेछ । यही जनवरी १७ अर्थात आगमी शनिवार मेलबर्नस्थित प्रेष्टन टाउन हलमा हुने डम्फू...

Read More

मुस्कानका लागि संगीतिक कार्यक्रम हुँदै

अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा यही जनवरीमा एउटा पृथक थिम सहितको सांगीतिक कार्यक्रम हुने भएको छ । म्यूजिक फर स्माइल–मस्की मस्की अष्ट्रेलिया टुर नाम दिइएको उक्त साँगीतिक कार्यक्रम मेलबर्नमा यही जनवरी १८ मा हुनेछ । चहलपहल मेलबर्नको आयोजनामा हुने म्यूजिक फर स्माइल–मस्की मस्की अष्ट्रेलिया टुर कार्यक्रममा चर्चित नेपाली पप व्याण्ड माउन्ट ८८४८ ले आफ्नो सुपर हिट गीत मस्की मस्की सहित बुढेशकालको लाठी,रात गुजार्न लगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछ । मेलबर्नको थेरापी नाइट क्लबमा जनवरी १८ मा हुने यो कार्यक्रममा माउन्ट ८८४८ को कन्सर्टपछि डिजे प्ले र सिड्नीबाट आउँने डिजे बी रकले पनि आफ्नो आकर्षक प्रस्तुति प्रस्तुत गर्नेछन् । कार्यत्रलमको सञ्चालन...

Read More