Category: इभेन्ट्स

“टूर फर एजुकेशन” लिएर मेलबर्न “नेपहर्प नाइट” मा निर्णय

मेलवर्नको चर्चित ब्रदरहुड नेपाल इभेन्टस् कम्पनिले कँडेल कन्सल्टेन्सीको प्रयोजनमा यही नोभेम्बर १४मा “नेपहर्प नाइट” गर्ने भएको छ ।

इनफ्ल्टन नाइटक्लबमा आयोजना हुने इनफ्ल्टन नाइटक्लबमा हुन चर्चित ¥यापर निर्णय, गायीका आस्था बी ,डिजे बिशाल , डिजे बिग जी , यूजेके , नाइन डबल सेभेन, अरबान पोइट, डर्टि आर, जंगी निशानको दमदार प्रस्तुती रहनेछ ।

Read More

नेपाल महोत्सवले फेडेरेसन स्क्वायर नेपालमय

अष्ट्रेलियाको मेलबर्न स्थित फेडेरेसन स्क्वायर नेपालमय बनेको छ |गैरआवासीय नेपाली एसोसिएसन ऑस्ट्रेलिया र स्टेट कोअर्डिनेसन काउन्सिल भिक्टोरियाको सक्रियतामा नेप्लिज एसोसिएसन भिक्टोरिया र, नेपाली महाबाणिज्य दुतको कार्यालय (नेपाली दुतावास -क्यानबेरा) अनि नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा नेपाली समुदायको बृहत उपस्थितिमा मध्यन्न्न १२ बजे देखि आरम्भ भएको नेपाल महोत्सव रातको १० बजे सम्म जारि रहनेछ | नेपाली उत्पादन नेपाली पर्यटकीयस्थल जानकारी एवं नेपाली कला र संस्कृतिक झल्कने मनोरन्जन एवं ब्यापारिक स्टलहरुले महोत्सव स्थल नेपालमय बनेको हो |

Read More

नेपाल महोत्सवको तयारी अन्तिम चरणमा 

मेलबर्नमा नोभेम्बर १ र २ मा आयोजना हुने नेपाल महोत्सबको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका सह संयोजक ऋषि कंडेलले जानकारी दिनु भएको छ | नेपाल महोत्सब सफल पार्न मेलबर्न वरपर रहेका सबै नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दै सह संयोजक कंडेलले महोत्सवको दिनमा फुर्सद निकालेर सम्भव भए सम्म आफ्ना विदेशी साथीहरु समेत नेपाली पहिचान प्रबर्दनमा सहभागी भइ सहयोग पुर्याउन हार्दिक अपिल गर्नुभएको छ | कार्यक्रमलाई मर्यादित तवरले सम्पन्न गर्न महोत्सव अवधिभर १०० जना स्वयं सेवक खटाइने उहाँले बताउनु भएको छ | यसैबीच आगामी शनिबार मध्यान्न १२ बजे स्वन्स टाउन स्ट्रिटमा आयोजना हुने संस्कृतिक झाँकी प्रदर्शनमा सामुहिक रुपमा सहभागी हुन...

Read More

नेपाल महोत्सवमा मिलन लामा र सबिन राई सहभागी हुने

नोभेम्बर  २ मा आयोजना हुने नेपाल महोत्सवमा सहभागी हुन आफ्ना सांगीतिक प्रस्तुती सहित गायक मिलन लामा र सबिन राइ तथा इलेक्ट्रिक ब्याण्ड मेलबर्न आउने भएका छन् | गैरआवासीय नेपाली एसोसिएसन अस्ट्रेलिया र स्टेट कोअर्डिनेसन काउन्सिल भिक्टोरियाको सक्रियतामा नेप्लिज एसोसिएसन भिक्टोरिया र, नेपाली महाबाणिज्य दुतको कार्यालय (नेपाली दुतावास -क्यानबेरा) अनि नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा हुन् लागेको नेपाल महोत्सबमा नेपाली उत्पादनका बिक्रि स्टल  , नेपाली परिकार, गीत संगीत , सांस्कृतिक  झाँकी र पर्यटन प्रबर्दनका  निम्ति जानकारीमुलक प्रस्तुतिहरु रहने छन् | महोत्सबको पहिलो दिन  नोभेम्बर १ मा रिडज होटेल मेलबर्नमा कार्यशाला पश्चात गाला डिनरको आयोजना गरिँदै छ भने दोश्रो दिन...

Read More

अष्ट्रेलियामा रहेका भुटानी समुदायले मनाए दशैँ तिहार अनि छैटौं पुनर्वास वार्षिकोत्सव

पुनर्वासको छैटौं बर्ष अनि महान् पर्व दशैं र तिहारको अवसर पारेर अष्ट्रेलियामा बसोवास गर्दै आएका भुटानी समुदाय ( बि सी ए ) ले एक उत्सवको आयोजना गर्यो | अक्टोबर १८ मा बेथल प्राथमिक विद्यालय परिसर मिडोज हाइटमा आयोजित विशेष कार्यक्रममा ३ सय भन्दा बढी नेपाली भाषी भुटानीहरुको सहभागिता थियो | कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थित थियो | कार्यक्रमको सुरुवात भुटान र अष्ट्रेलियाको राष्ट्रिय गानबाट  गरिएको थियो | सो अवसरमा साना बालबालिका देखि बयोवृद्ध सहभागीहरुले बिभिन्न मनोरन्जनात्मक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए | अष्ट्रेलिया सरकारको मानवीय सहायता कार्यक्रम अन्तर्गत ह्युम, मोरल्याण्ड र मेल्टन सिटी परिषद् अन्तर्गत बस्दै आएका नेपाली...

Read More