Category: इभेन्ट्स

मेलबर्नमा गुल्मी समाज भिक्टोरियाको आयोजनामा क्रिसमस डे बार्बीक्यु

मेलबर्न । नेपाली समाज जहाँसुकै रहेतापनि चाडपर्व र विशेष दिनमा अपनत्व, भाइचारा र सद्भावलाई बढाउंदै संगसंगै रमाइलो गर्न अगाडी रहन्छ । भोलि अर्थात २५ डिसेम्बरमा रहेको क्रिसमस डेमा पनि भिक्टोरियामा रहेको नेपाली समुदायले विशेष कार्यक्रमलको आयोजना गरेको छ । गुल्मी समाज भिक्टोरियाले उक्त कार्यक्रमको आयोजना गरेको हो । गुल्मी समाज भिक्टोरियाले उक्त क्रिसमस डे बार्बीक्यु कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । आयोजकका अनुसार, कार्यक्रममा बार्बीक्युको साथमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहनेछन् । क्रिसमस डे बार्बीक्यु Brimbank Park मा बिहान १० बजे देखि बेलुका ७ बजेसम्म चल्नेछ...

Read More

अष्ट्रेलियाको मेलबर्नमा भिटेनको धमाकेदार प्रस्तुति सहितको बबाल नाइट

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा डिसेम्बरको एक रात बबाल हुने भएको छ । हैट क्रिएसन एण्ड इन्टरटेनमेन्टले नयाँ वर्षको अवसरमा उक्त बबाल नाइटको आयोजना गरेको हो । आयोजकका अनुसार, बबाल नाइटमा अहिलेका चर्चित र्यापर भिटेनको धमाकेदार प्रस्तुति रहनेछ । त्यस्तै डिजे S3RK को साथमा लडीबडी र प्रविन योञ्जनको विशेष प्रस्तुति रहनेछ । कार्यक्रमलाई AMEC एजुकेशन एण्ड माइग्रेसनले मुख्य प्रायोजन गरको हो । बबाल नाइट आगामी ३० डिसेम्बर सोमबार राती Level 3 Nightclubs , Crown Melbourne मा हुनेछ । कार्यक्रम राती ८:३० बजे देखि सुरु हुने बताइएको छ । कार्यक्रममा सहभागी भइ मनोरन्जन लिन चाहनेहरुले www.ticketplus.com.au मा गइ टिकट खरिद गर्न...

Read More

अष्ट्रेलियाको मेलबर्नमा तमु ल्होछार मनाउने भव्य तयारि

मेलबर्न । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार अष्ट्रेलियाको भिक्टोरिया राज्यमा विशेष कार्यक्रम गरी मनाइने भएको छ । विगतका वर्षहरुमा जस्तै तमु समाज भिक्टोरियाले कार्यक्रमको आयोजना गर्न लागेको हो । आगामी शनिबार २८ डिसेम्बरमा ल्होछार कार्यक्रम गर्न लागिएको हो । परम्परागत पूजापाठदेखि गीत, संगीत र मनोरञ्जनका साथ नयाँ वर्षलाई स्वागत गर्दै ल्होछारको खुशी बाँड्न आयोजित कार्यक्रम स्थानीय मेलभिल रोडमा रहेको ईस्टोनिय हाउसमा हुनेछ । कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । आयोजक तमु समाज भिक्टोरियाले कार्यक्रममा सहभागी हुन र का  संस्कृतिको जगेर्ना गर्नुका साथै यहाँको दोश्रो पुस्तामा समेत यसलाई हस्तान्तरण गर्ने कार्यमा योगदान दिन आग्रह गरेको छ...

Read More

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा टेबल टेनिस प्रतियोगिता , सहभागीताको लागि रजिस्ट्रेसन खुल्ला

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । नेप्लिज एसोसिएसन अफ भिक्टोरियासंगको सहकार्यमा एनआरएनए युथ फोरम भिक्टोरियाले प्रतियोगिताको आयोजना गरेको हो । ‘एनआरएनए युथ कप टेबल टेनिस कम्पिटिसन’मा महिला, पुरुष, बालबालिका सहभागी हुन सक्नेछन् । विशेषगरि युवाहरुलाई मनोरन्जनको साथमा खेलमा प्रेरित गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको एनआरएनए भिक्टोरियाका युवा संयोजक बबिन मिश्रले जानकारी दिए । यस प्रतियोगिताले नेपाली समुदायलाई खेलकुदमा अगाडी बढ्न प्रोत्साहन प्रदान गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको मिश्र बताउँछन् ।  प्रायोजक तथा सहयोगीहरुलाई धन्यवाद दिंदै उनले प्रतियोगिता सभ्य र भव्य बनाउनको लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘एनआरएनए युथ कप टेबल...

Read More