Category: इभेन्ट्स

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय नारि दिवस मनाउने तयारीमा दिदिबहिनी समाज भिक्टोरिया

मेलबर्न। लैंगिक समानता र स्वतन्त्रताको लागि अगाडी बढिरहेका नेपाली महिलाहरु विदेशमा रहेर पनि सक्रिय छन्। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने त्यस्तै सक्रिय नेपाली महिलाहरुको संगठन हो , दिदिबहिनी सामाज भिक्टोरिया। दिदिबहिनी समाज भिक्टोरियाले महिला सशक्तिकरण साथै नेपाली समुदायको हितको लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा पनि यस संगठनले कार्यक्रमको आयोजना गरेको छ । आयोजना गरिएको कार्यक्रमबारे बताउँदै संगठनकी अध्यक्ष जमुना पराजुलीले भन्नुभयो, ” यसपालीको नारि दिवस मा हामीले प्रेस फर प्रोग्रेस भनेर कार्यक्रम राखेका छौं। यसमा अष्ट्रेलियामा बस्ने मात्र नभएर समग्र महिलाहरुसंग सम्बन्धित विषयवस्तु उठाइनेछ। र, यी महिलाका विषय मात्र नभएर समग्र समुदायका विषय हुन्, माहिलाको...

Read More

अष्ट्रेलियामा सुदुर पश्चिमेलीहरुको होली !

मेलबर्न। घर देखी टाढा भएतापनि अष्ट्रेलियावासी नेपालीहरु नेपाली पर्व तथा दिवस मनाउन सहित उत्साहित रहन्छन्। त्यो उत्साहमा यतिबेला झन् बढावा दिएको छ, रंगहरुको पर्व होलीले । अष्ट्रेलियामा रहेका नेपाली संघ संस्था, समुदाय होली पर्व मनाउने तयारिमा जुटिरहेका छन्। मेलबर्नमा बसोवास गर्ने सुदुरपश्चिमेलीहरुले पनि धुमधामका साथ होली मनाउने जमर्को गरेका छन् । यसको लागि सुदुर पश्चिमेली समाजले यहि २५ फेब्रुअरी, आइतबारका लागि बार्बीक्यु सहितको होली कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम कोबर्ग भिक्टोरिया स्थित हार्मोनी पार्कमा दिउँसो १२ बजे देखि सुरु हुने बताइएको...

Read More

अष्ट्रेलियामा हुनेभो होलीको रंग, सांगीतिक धुम र नेपाली पहिचान सहितको म:म फेस्टिभल !

मेलबर्न। अष्ट्रेलियामा नेपाली पहिचान सहितको म : म फेस्टिभल ‘म : म फेस्ट २०१८’ हुनेभएको छ। गत वर्ष १५ हजार सहभागीहरुको साथमा भव्यताका साथ म : म फेस्टिभल सम्पन्न गरेको सोलंग्चरले यसपाली अझ भव्य गर्नेगरि फेस्टिभलको आयोजना गरेको हो । नेपालीहरुको सबैभन्दा प्रिय परिकारलाई अष्ट्रेलियामा समेत लोकप्रिय बनाइरहेको सोलंग्चरले फेस्टिभलमा म : म संगै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत पस्किनेछ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रम आगामी २३ मार्च देखि २५ मार्च, तीन दिनसम्म चल्ने छ । २३ तारिखका दिन म:म डिनर सहित मुभी, २४ तारिखमा फेस्टिभलको मूख्य दिन र २५ तारिखमा म:म ब्रन्च हुनेछ । कार्यक्रमको बारेमा बताउंदै आयोजक...

Read More

अष्ट्रेलियामा हुनेभो धमाका: कार्टुन्ज क्रियु, ग्रीष खतिवडा, इन्दिरा जोशी, दीपक बज्राचार्य एउटै स्टेजमा

मेलबर्न । अष्ट्रेलियामा धमाकेदार ‘द फोर्थ मार्च शो’ हुने भएको छ। नेपालका लोकप्रिय कलाकारहरुले ‘ द फोर्थ मार्च’ को स्टेजमा आगामी ४ मार्च, आइतबारका दिन धमाकेदार प्रस्तुती दिने भएका हुन्। एस इभेन्ट्स एण्ड मल्टिमिडियाले आयोजना गरेको कार्यक्रममा नेपालको लोकप्रिय डान्स ग्रुप ‘ कार्टुन्ज क्रियु’ , र्यापर ग्रीष खतिवडा, गायक दीपक बज्राचार्य र गायिका इन्दिरा जोशीले प्रस्तुती दिनेछन्। फोर्थ मार्च शोलाई पृथक बनाउनको लागि कार्यक्रमको नाम अनुसार नै ४ मार्चमा चार किसिमका प्रस्तुती दिने कलाकारहरुको जमघट गराइने आयोजकले बताए। कार्यक्रम भिक्टोरिया स्थित थोर्नबरि थिएटरमा बेलुका ७ बजे देखि सुरु हुनेछ। एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मूख्य प्रायोजन तथा माउन्ट एभरेस्ट...

Read More

मेलबर्न सप्ताह सफलताको खुशीमा ‘थ्याङ्क्स गिभिंग बार्बीक्यु’

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोवास गर्ने नेपालीहरुको संस्था एएनएमसीले बार्बीक्यु भेटघाटको आयोजना गरेको छ। यस अगाडी मेलबर्न सप्ताहको आयोजना गरेको एएनएमसीले धन्यवाद ज्ञापन कार्यक्रमको रुपमा बार्बीक्यु भेटघाटको आयोजना गरेको हो। मेलबर्नमा नेपालीहरुको आफ्नै सामुदायिक भवन बनाउने उद्देश्यले रकम संकलन गर्नको लागि गत डिसेम्बर १८ देखि २४ तारिखसम्म सप्ताह आयोजना गरिएको थियो । उक्त सप्ताह स्वयंसेवक, संचारमाध्यम, व्यवसायिक संस्था, सामाजिक संघ-संस्था, विद्यार्थी, समाजसेवी लगायत सम्पूर्णको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगमा भव्य रुपले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नको लागि बार्बिक्यु भेटघाटको आयोजना गरिएको एएनएमसीले बताएको छ। संस्थाले निमन्त्रणाको सुचना सार्वजनिक गर्दै सबैलाई कार्यक्रममा उपस्थित भइदिन...

Read More