Category: इभेन्ट्स

अष्ट्रेलियाको मेलबर्नमा यही आइतबार ‘द ओरिजनल डुव’

मेलबर्न । संगीत पारखीहरुको लागि अष्ट्रेलियाको मेलबर्नमा आगामी आइतबार अर्थात् २९ जुलाईमा ‘द ओरिजनल डुव’ कन्सर्ट हुने भएको छ । यति फुटबल क्लबले आयोजना गरेको यस कार्यक्रमलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको हो । उक्त कार्यक्रममा कुनै समय नेपालको लोकप्रिय ब्याण्डको रुपमा चिनिएको 1974 एडीका गायक एड्रिन प्रधान र गायक फिरोजको विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागीहरुलाई डिजे मिस्टा संगीतको तालमा नचाउनेछन् । अशोक खतिवडा, लडीबडी , मिस्टिक, द अन्डरलाइन लगायतले समेत कार्यक्रममा आफ्ना प्रस्तुतीहरु दिनेछन्। १८ वर्ष माथीकाले मात्र प्रवेश पाउने यस कार्यक्रममा सहभागी हुनको लागि आफ्नो फोटो सहितको परिचयपत्र लिएर जानुपर्नेछ । कार्यक्रम बेलुका ६ बजे देखि...

Read More

अष्ट्रेलियाको मेलबर्नमा लोकप्रिय कलाकारहरुको प्रस्तुति सहितको ‘तीज मेला २०७५’

मेलबर्न । नेपाली महिलाहरुको ठूलो पर्व मानिने तीज नाजिंकिदै छ । नाजिंकिदै गरेको तीजको लागि तीजगीतका म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् भने देश-विदेशमा तीज विशेष कार्यक्रमको तयारि समेत भएको छ । अष्ट्रेलियाको मेलबर्नमा पनि नेपालीहरुले तीज मनाउनाको लागि भव्य तयारि गरिरहेका छन् । मेलबर्नमा रहेको नेपाली समुदाय मिलेर भव्य र सभ्य रुपमा तीज मनाउनको लागि नेप्को इन्टरटेनमेन्टले ‘तीज मेला २०७५’ को आयोजना गरेको छ । तीज मेलामा लोकप्रिय कलाकारहरु पशुपति शर्मा, देवी घर्ती, मंजु पौडेल, सन्जु थापाको प्रस्तुति रहनेछ । दिदीबहिनीलाई नाचगान संगै थप मनोरंजन दिने उद्देश्यले कार्यक्रममा नि:शुल्क फोटोसुटको अवसर समेत रहनेछ । आगामी अगस्ट ११ मा हुने...

Read More

अष्ट्रेलियामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका नेपालीहरुको सम्मानको लागि अवार्ड कार्यक्रम

मेलबर्न । अष्ट्रेलियामा विभिन्न सिमितता तथा चुनौतीहरुको सामना गर्दै अगाडी बढेर उपलब्धि हासिल गरेका विभिन्न क्षेत्रका नेपालीहरुलाई सम्मान गर्नको लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको छ । आगामी ८ जुलाईका दिन अष्ट्रेलियाको भिक्टोरिया राज्यमा ‘ न्याभ एक्सिलेन्स रिकगनिसन एण्ड अवार्ड्स नाइट २०१८ ‘ हुन लागेको हो । नेपलीज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले विगत केही वर्ष देखि हरेक दुई वर्षमा यो अवार्डको आयोजना गर्दै आएको छ । यो अवार्ड विभिन्न क्षेत्रमा सफलता हासील गरेका, समुदायलाई योगदान पुर्याएका व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । त्यस्तै , यस कार्यक्रममा नेपाली समुदायलाई सहयोग पुर्याएका विदेशी व्यक्तित्वलाई सम्मान गर्ने गरिन्छ । नेपाली समुदायलाई...

Read More

अष्ट्रेलियामा नेपाली सांस्कृतिक प्रस्तुती र सामाजिक उद्देश्य सहितको पुस्तक विमोचन कार्यक्रम

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली सांस्कृतिक प्रस्तुती र सामाजिक उद्देश्य सहितको पुस्तक विमोचन कार्यक्रम हुने भएको छ। आगामी जुलाई ६ शनिबारका दिन युवा मुक्तककार सुशील चालिसेको मुक्तक संग्रह विमोचन कार्यक्रम हुने भएको हो । अष्ट्रेलियामा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका चालिसेले पाठकहरु माझ मुक्तक संग्रह ‘ गुराँसहरु पलाँसहरु’ लिएर आएका छन् । उनी भक्तपुर कटुन्जेमा जन्मिएका हुन् । नाताले उनी वरिष्ठ साहित्यकार स्व. चक्रपाणी चालिसेका नाति हुन्, जसले नेपालको पुरानो राष्ट्रय गानका साथै साहित्यका अन्य धेरै विधामा कलम चलाएका थिए । त्यो प्रभाव सुशील चालिसेमा पनि देखियो, जसले गर्दा उनले विद्यार्थीकाल देखि नै साहित्यिक रचनाहरु कोर्न थालेका...

Read More

अष्ट्रेलियामा पहिलो पटक ‘नेपाल अष्ट्रेलिया विजनेस फोरम २०१८’ हुने, दुई देशबीच व्यापार वृद्धि मूख्य उद्देश्य

मेलबर्न । अष्ट्रेलियामा पहिलो पटक ‘नेपाल अष्ट्रेलिया बिजनेस फोरम’ र ‘नेपाल बिजनेस प्रोमोसन नाइट ‘ को आयोजना हुने भएको छ । नेपाल र अष्ट्रेलिया बीच व्यपार र लगानी बढाउने मूख्य उद्देश्यका साथ नेपाल अष्ट्रेलिया बिजनेस फोरम २०१८ र नेपाल बिजनेस प्रोमोसन नाइट २०१८ को अवधारणा ल्याइएको हो । नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत आउनुहुने उक्त कार्यक्रमलाई नेपाली दूतावास क्यानबेरा र भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा आयोजना गरेका हुन् । यस भव्य र महत्वपूर्ण कार्यक्रम आयोजनाको लागि मेलबर्न सहरलाई चुनिएको छ । कार्यक्रमको बारेमा जानकारी दिंदै आयोजकले नेपालमा आर्थीक समृद्धिको सपना पूरा गर्न सहयोग गर्नको लागि...

Read More