Category: इभेन्ट्स

मेलबर्न तताउँदै डि–मार्चा लाइभ इन कन्सर्ट

नेपालका चर्चित साँगीतिक व्याण्ड मि–मार्चाले अब मेलबर्न तताउँने भएको छ । एइसीसी ग्लोबलले आयोजना गर्न लागिएको डि–मार्चा लाइभ इन कन्सर्टमा सो व्याण्डले मेलबर्न निवासी नेपालीहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न लागेको हो । यही अगष्ट ३१ का दिन हुने कार्यक्रममा डि–मार्चाका साथमा डिजे किना हिलर,नाइन डबल सेभेन,जंगी निशान र डर्टी आर लगायतको पनि विशेष प्रस्तुति रहनेछ । फ्युजन नाइटक्लबमा आयोजना गरिने डि–मार्चा लाइभ इन कन्सर्टमा प्रवेशका लागि ३० डलर मूल्यको टिकटको व्यवस्था गरिएको छ । त्यसका लागि १८ वर्ष पुगेको परिचयपत्र अनिवार्य गरिएको छ । सो इभेन्टको अनलाइन डिजिटल पार्टनरको रुपमा हिमालयन कँगारु डट कमले सहकार्य गरेको छ । यो...

Read More

अष्ट्रेलियामा “योर्स इभेन्टस् ” को “साउण्ड अफ स्प्रिंग” पहिलो सिजन

एकै पटक तीन फरक सांगीतिक स्वाद कन्सर्ट , सास्कृतिक प्रस्तुति अनि डान्स पार्टी सबै एउटै मन्चबाट, संगीत प्रेमी  युवाहरुको रोजाईलाई मध्यनजर गर्दै नेपाली सांगीतिक  इतिहासमै फरक नाम लेख्न  सांगीतिक क्षेत्रका होनाहार हस्तीहरु  ” साउण्ड अफ स्प्रिंग” लिएर मेलबर्न आउँदै छन् | प्रसिद्ध सांगीतकर्मीहरु दिब्य सुब्बा, आशिष वांगदेल नेप्साइड़ेजका मिस्ता के र साथमा मेलबर्नका स्थानीय नेपाली संगीतकर्मीहरु, सिड्नीबाट ज्वाला र अर्थ ब्याण्डको जोडदार प्रस्तुती रहने “साउण्ड अफ स्प्रिंग” को पहिलो सिजन “योर्स इभेन्ट्स”ले आगामी अगष्ट ३० मा आयोजना गर्दै छ | “योर्स इभेन्ट्स”को  हरेक सिजनमा नयाँ सांगीतिक प्रतिभाहरुले आफ्नो नव प्रतुस्ती पस्किने सुबर्ण अवसर समेत पाउने छन् |सँग सँगै युवा पुस्ताहरुको आधुनिक...

Read More

“सेफ ल्यान्डिङ ” प्रिमियरका लागि झरना सिड्नीमा

निकै लामो समय नेपाली चलचित्रमा नदेखिएकी नायिका झरना बज्राचार्यको पछिल्लो चलचित्र “सेफ ल्यान्डिङ” को प्रिमियर अष्ट्रेलियामा हुने भएको छ | प्रिमियर सो कै लागि नायिका बज्राचार्य सिड्नी ल्याण्ड गरिसकेकी छिन् | प्रिमियरका लागि नायिका बज्राचार्य अत्याधुनिक हमर चढेर आउने भएकी छिन् |
एक दिन र एक रातको कथामा बनेको फिल्म ‘सेफ ल्यान्डिङ’ को आज र भोलि अस्ट्रेलियामा प्रिमियर सो हुने भएको छ । ड्रग माफियाहरुको कथामा आधारित यस फिल्मको प्रिमियरको लागि नेपाल बाट फिल्मकी मुख्य पात्र झरना बज्राचार्य सहितको समुह अस्ट्रेलिया आइपुगेका छन् |

Read More

अष्ट्रेलियामा अगष्ट २४ मा तीज सेलेब्रेशन–२०१४

हिन्दू नारीहरुको महान चाड तीजको अवसरमा अष्ट्रेलियामा पनि विशेष कार्यक्रम हुने भएको छ । यही अगष्ट २४ तारिखमा दि थर्नीबरी थियटरमा हुने तीज सेलेब्रेशन–२०१४ नामक उक्त कार्यक्रममा तीज विशेष श्रृंगारका साथमा नाच्ने गाउँने कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना नेपालिज एसोसियन अफ भिक्टोरियाले गर्न लागेको हो । त्यस्तै यो कार्यक्रम एइसिसि ग्लोबल इजुकेशन भिसाजले प्रस्तुत गर्नेछ । साँझ ५ : ३० बजेदेखि सुरु हुने तीज सेलेब्रेशन–२०१४ मा नाच्ने गाउँने र रमाउँने सिलसिला राति ११ बजेसम्म जारी रहनेछ । कार्यक्रममा सहभागी बन्न आयोजकले १० डलरको प्रवेश टिकटको व्यवस्था गरेको छ । बच्चाहरुका लागि भने कुनै शुल्क लाग्ने...

Read More

अष्ट्रेलियामै तीजको गीत छायांकन हुने

कला संस्कृति मंन्च (कसम)ले नेपाली लोक दोहीरी ईतीहासमानै पहीलो पल्ट अष्टेलीयाबाट तीज बीशेष दोहोरी एल्बम को छायांङ्न गर्ने भएको छ | अष्ट्रेलियाका युवा साहित्यकारका रुपमा परिचित बिनोद घिमिरकोशब्द तथा लयमा प्रसिद्ध लोक गायक रामचन्द्र काफ्ले र सुमधुर स्वरकी धनी मन्जू पौडेलको आवाजमा सजिएको तीज भाकाको भिडियो छायांकन आउँदो शनिबार अलर्ड पार्क हाइटमा हुने कसमले जनाएको छ |

Read More