Category: इभेन्ट्स

मेलबर्नमा सोमबार रैला नाइट

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सोमबार रैला नाइट रिलोडेड आयोजना हुनेभएको छ । गत वर्ष आयोजना भएको रैला नाइटको ठूलो सफलता पछि नेप्ले इभेन्टले यसपाली रैला नाइट रिलोडेडको आयोजना गरेको हो । रैला नाइटमा १८ वर्ष भन्दा माथीको उमेरका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् । जसअनुसार, सहभागी आफ्नो परिचयपत्र सहित कार्यक्रममा जानुपर्नेछ । रैला नाइटको लागि प्रि बुकिङ्गको समेत सुविधा रहेको आयोजकले बताएका छन् । प्रि बुकिङ्ग गर्नेहरुका लागि १० डलर र कार्यक्रमको दिनमा टिकट लिनेहरुका लागि २० डलर टिकट शुल्क लाग्नेछ । आयोजकका अनुसार, समूहमा टिकट लिनेहरुका लागि स्पेसल छुट र ड्रिंक कार्डको समेत व्यवस्था रहेको छ । रैला...

Read More

अष्ट्रेलियाको सिड्नीमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी । अष्ट्रेलियामा नेपाली समुदायको सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ । छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको ‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबल कप’ प्रतियोगिता हुन लागेको हो । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधि बीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धातर्फ १० टिम र महिला तर्फ ४ टिमले सहभागिता जनाउने सीपीएका खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो पटक सिड्नी शहर भन्दा बाहिर युनाइटेड गोर्खा ब्रिसवेनले समेत सहभागिता जनाउँने भएको छ । ‘सिड्नी बाहिरबाट समेत...

Read More

अष्ट्रेलियामा रवि लामिछाने : अस्पताल निर्माणको सहयोगार्थ मेलबर्नमा हुँदैछ च्यारिटी डिनर

मेलबर्न । टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासंगबाट लोकप्रिय पत्रकार रवि लामिछाने केही दिन देखि अष्ट्रेलियामा छन् । विभिन्न कार्यक्रमहरुका साथमा अष्ट्रेलिया आइपुगेका लामिछानेको उपस्थितिमा सिड्नीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुनासाहरु राखेका थिए । पत्रकार लामीछाने ३१ मे अर्थात आगामी शुक्रबार मेलबर्नवासी नेपालीहरुमाझ रहनेछन् । भौतिक विकासको दृष्टिकोणले विकट मानिएको कर्णालीमा सुविधासम्पन्न अस्पताल निर्माणको लागि रवि लामिछाने लागिपरेका छन् । सोही अस्पताल निर्माणको सहयोगार्थ मेलबर्नमा च्यारिटी डिनरको कार्यक्रम आयोजना गरिएको हो । च्यारिटी डिनर कार्यक्रम इस्टोनियन हाउसमा शुक्रबार बेलुका ६ बजे देखि सुरु हुने आयोजकले बताएका छन् । च्यारिटी डिनरमा सहभागिताको लागि विद्यार्थीहरुका लागि...

Read More

अष्ट्रेलियामा मेलबर्न नेपाली समाजद्वारा रक्तदान कायक्रमको आयोजना

मेलबर्न । रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान गर्ने गरिन्छ । त्यसैले रक्तदानलाई जीवनदानको रुपमा समेत लिने गरिएको हो । हरेक वर्ष जुन १४ लाई विश्वभर रक्तदान दिवसको रुपमा मनाउने गरिन्छ । यस दिनले रक्तदाताहरुप्रति सम्मान प्रकट गर्नुका साथै सबैलाई रक्तदान गर्नको लागि प्रेरित गर्ने गर्छ । अष्ट्रेलियामा पनि जुन महिनाकै अन्तिममा नेपाली समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मेलबर्न नेप्लिज कम्युनिटी वेस्टले उक्त कार्यक्रमको आयोजना गरेको हो । ‘बि हिरो, डोनेट ब्लड’ नारा सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम आगामी २९ जुनमा हुनेछ । सो अवसरमा रक्तदान गर्न चाहने जोकोहीले आफ्नो नाम दर्ता गराउन...

Read More

अष्ट्रेलिया आउँदै ‘द भ्वाइस अफ नेपाल’ टिम, मेलबर्नमा हुनेछ धमाकेदार सांगीतिक प्रस्तुति

मेलबर्न । नेपाली टेलिभिजन च्यानलमा प्रसारण भएको गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को टिम सांगीतिक प्रस्तुतिको लागि अष्ट्रेलिया आउने भएको छ । उक्त सांगीतिक टुर अन्तर्गत मेलबर्नमा आगामी २५ तारिखमा कलाकारहरुले धमाकेदार प्रस्तुति दिनेछन् । द भ्वाइस अफ नेपालको अष्ट्रेलिया टुरमा रहेको टिममा शोका विजेता सीडी विजय अधिकारी लगायत उत्कृष्ट पांचमा पर्न सफल कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुताराज, सुरेखा क्षेत्री, श्रेया राई रहनेछन् । कलाकारको साथमा कार्यक्रमका संचालक सुशील नेपाल समेत उक्त टिममा रहने आयोजकले बताएका छन् । मेलबर्नमा इनाक्षी इन्टरटेनमेन्टको आयोजना तथा बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीको मुख्य आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा १८ वर्ष उमेर...

Read More