Category: INSIDE AUS

अष्ट्रेलियामा ‘होटल म्यानेजमेन्ट एण्ड टुरिजम’ कोर्स र करियरको अवसर

मेलबर्न । अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुको छनोटमा अहिले होटल व्यवस्थापन र पर्यटन विषय अग्रपंतिमा पर्न थालेको छ । अष्ट्रेलिया आफैमा पर्यटनको राम्रो सम्भावना भएको सुन्दर देश हो । अष्ट्रेलिया पर्यटन गन्तव्यको सुचिमा संसारमै पाँचौ नम्बरमा पर्दछ । त्यसैले यो सुन्दर ठाउँ होटल व्यवस्थापन र पर्यटन विषय पढाइ र अवसरको लागि पनि उत्तिकै राम्रो मानिन्छ । अष्ट्रेलियामा होटल म्यानेजमेन्ट एण्ड टुरिजम बिषयको लागि राम्रो पढाइ हुने कलेज तथा विश्वविद्यालयहरु धेरै छन् । ती कलेज वा विश्वविद्यालयमा भर्नाको लागि विद्यार्थीले पछिल्लो स्तरको परीक्षामा राम्रो अंक ल्याएको हुनुपर्छ । आइएलटिएस गरेको भए अन्डरग्राजुएट कोर्सको लागि न्यूनतम ६ अंक प्राप्त भएको हुनुपर्नेछ ।...

Read More

अष्ट्रेलियामा फेशन डिजाइनिङ्ग पढाइ : भर्ना प्रक्रिया र लाग्ने शुल्क

मेलबर्न । विश्वव्यापी रुपमै फेशन डिजाइनिङ्गप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गईरहेको छ  । यसमा करियरको राम्रो अवसर पनि  छ ।  अष्ट्रेलिया आएर पढ्न चाहने विद्यार्थीहरुको लागि यहाँ पनि यस विषयको पढाई राम्रो मानिन्छ । फेशन डिजाइनिङ्गमा स्नातक तहको कोर्स सामान्यतया चार वर्षको हुन्छ । यो फुल टाइम कोर्स हो । स्नातक तहको यो कोर्स गर्नको लागि वार्षिक औसतमा २० हजार अष्ट्रेलियन डलर शुल्क लाग्छ । छात्रवृत्तिको लागि पनि यस कोर्समा सहायता खोज्न सकिन्छ । फेशन डिजाइनिङ्ग पढ्नको लागि आइएलटिएस मा न्युनतम ६.५ अंक ल्याएको हुनुपर्छ भने पीटिइ ए मा न्युनतम ५८ ल्याएको हुनुपर्छ । शैक्षिक संस्थाले विद्यार्थी छनोट गर्ने प्रक्रिया जस्तै,...

Read More

अष्ट्रेलियामा ब्याचलर तहमा सिभिल इञ्जिनियरिङ्ग कोर्स : विषय, शुल्क र युनिभर्सिटी

मेलबर्न । नेपालमा +२ सकाएर अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको संख्या बढिरहेको छ। अष्ट्रेलियामा पढ्न आउने धेरै विद्यार्थीहरुको रोजाईमा पर्ने विषय हो इञ्जिनियरिङ्ग । इञ्जिनियरिङ्ग भित्र पनि यहाँ सिभिल इञ्जिनियरिङ्ग कोर्सको बारेमा चर्चा गरिएको छ । स्नातक तहमा सिभिल इञ्जिनियरिङ्ग चार वर्षे कोर्स हो । सिभिल इञ्जिनियरिङ्ग संग अरु सम्बन्धित विषय जस्तै इन्भाएरोमेन्टल इञ्जिनियरिङ्ग , जियोटेक्निकल इञ्जिनियरिङ्ग आदि विषयहरु समेत उपलब्ध हुन्छन् । कोर्सको वार्षिक शुल्क ४० हजार ७ सय ३६ अष्ट्रेलियन डलर लाग्छ । यससम्बन्धि विस्तृत जानकारीकोलागि यो कोर्स पढाई हुने युनिभर्सिटीहरुको वेबसाइटमा हेर्न सकिन्छ । द युनिभर्सिटी अफ क्विन्सल्याण्ड, युनिभर्सिटी अफ तस्मनिया, युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस, युनिभर्सिटी अफ...

Read More

अष्ट्रेलियाको ला ट्रोब युनिभर्सिटी : कलेज, कोर्स तथा छात्रवृत्ति

मेलबर्न । अष्ट्रेलियाको ला ट्रोब युनिभर्सिटी मेलबर्नमा रहेको पब्लिक रिसर्च युनिभर्सिटी हो । यो युनिभर्सिटी सन् १९६४ मा स्थापना भएको हो, जुन भिक्टोरियाको तेस्रो पूरानो युनिभर्सिटी हो । ला ट्रोब युनिभर्सिटीले विदेशी विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृत्ति दिंदै आएको छ । जसमध्ये यी हुन् : The Australia Awards scheme Australia Awards Endeavour Scholarships Undergraduate and postgraduate coursework scholarships Postgraduate research scholarships Alumni advantage यस युनिभर्सिटीमा कोर्स , कोर्सको अवधि र पढाइको लेभल अनुसार शुल्क फरक-फरक हुन्छ । यस कोर्समा हरेक वर्ष शुल्क वृद्धि हुन्छ । तर त्यो वृद्धि ७ प्रतिशत भन्दा बढी हुँदैन । यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु : Arts, social...

Read More

अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी मध्येको ‘न्यु क्यासल युनिभर्सिटी’का यस्ता छन् विशेषता

मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यु क्यासल सन् १९६५ मा स्थापना भएको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी न्यु साउथ व्ह्लेसको न्यु क्यासलमा रहेको छ । यसलाई न्यु क्यासल युनिभर्सिटी पनि भनिन्छ । यो युनिभर्सिटी ‘युनिभर्सिटीज अष्ट्रेलिया’ को सदस्य हो । युनिभर्सिटी अफ न्यु क्यासल अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सूचीमा दशौँ स्थानमा आउँछ भने विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा २ सय १४ स्थानमा आउँछ । यस युनिभर्सिटीले सीआरसीसी एसिया र द इन्टर्न ग्रुपसंग सहकार्य गरेको छ । जसले गर्दा, यस युनिभर्सिटीले आफ्ना विद्यार्थीहरुलाई विश्वका विभिन्न ठाउँमा इन्टर्नशिपको लागि पठाउने गर्छ । युनिभर्सिटी अफ न्यु क्यासलमा उपलब्ध कोर्सहरु : Faculty of Business and...

Read More