Category: INSIDE AUS

अष्ट्रेलियाको भिसा रिजेक्ट हुनबाट बच्न, भिसा एप्लिकेसन दिंदा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु

मेलबर्न । अष्ट्रेलियाको इमिग्रेसन डिपार्टमेन्टमा बर्षेनी हजारौं भिसा आवेदनहरु आउने गर्छन् । धेरैजसो आवेदनहरू सफल भएपनि केहि आवेदनहरू “रिजेक्ट“ हुन्छन् । केही आवेदनहरुमा झुठा विवरण पेश भएको भेटिनाले रिजेक्ट हुन्छन् । साना–साना गल्तीहरुले गर्दा पनि कहिलेकाहीं भिसा आवेदन रेजेक्ट हुन्छन् । तर केही कुराहरुलाई विशेष ध्यान दिन सकियो भने मात्र पनि भिसा आवेदन सफल हुन सक्छ । १. आवेदनमा उल्लेख भएका प्रमाणहरु प्रमाणहरु आवेदनमा महत्वपूर्ण हुन्छन् । सम्बन्धरु कागजी रुपमा प्रमाणित गरिएको हुनुपर्छ । योग्यता र काम गरेको अनुभवका पर्याप्त प्रमाणहरु पेश गर्नुपर्छ । स्वरोजगारको सन्दर्भमा, तेस्रो पक्षको कागजातहरुको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रका प्रमाणपत्रहरु भन्दा सरकारी प्रमाणपत्रहरु बढी...

Read More

अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीलाई यहाँ अध्ययनरत विद्यार्थीहरु दिन्छन् यस्तो सुझाव

मेलबर्न । अष्ट्रेलियामा आउने नेपाली विद्यार्थीको संख्या वर्षेनी बढिरहेको छ । यसो हुनुमा अष्ट्रेलियामा अरु देशको तुलनामा विद्यार्थीलाई सहज जीवनशैली र करियरको अवसर हो । हिमालयन कंगारुसंगको कुराकानीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीले अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका सकारात्मक तथा नकारात्मक पक्षहरुको जानकारी दिंदै विभिन्न सुझाव दिएका छन् । नवलपरासीका राजेन्द्र सापकोटा मास्टर्स गर्नको लागि अष्ट्रेलिया आएका हुन् । उनी स्वीन्बर्न युनिभर्सिटीमा अध्ययरत छन् । उनको अनुभवमा अष्ट्रेलियामा मेहनत गर्न सक्ने विद्यार्थीहरुका लागि आफ्नो ज्ञान र क्षमता बढाउने राम्रो अवसर छ । राजेन्द्र भन्छन्,“अष्ट्रेलियाले मलाई मेरो लक्ष्य सम्म पुग्न सहयोग गर्नेछ भन्नेमा म ढुक्क छु “। अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई...

Read More

अष्ट्रेलियामा ‘एरोस्पेस इञ्जिनियरिङ्ग’ पढ्नको लागि आवश्यक योग्यता र कोर्स सम्बन्धि जानकारी

मेलबर्न । एरोस्पेस इञ्जिनियरिङ्ग विषय इञ्जिनियरिङ्ग पढ्न चाहाने विद्यार्थीहरुको लागि राम्रो विकल्प हुन सक्छ । यसमा एरोस्पेस डिजाईन, विश्लेषण लगायत हाडवेयर र सफ्टवेयर दुवै पढाइन्छ । स्नातकमा एरोएस्पेस इञ्जिनियरिङ्ग पाँच वर्षे फुल टाइम कोर्स हो। १२ सकेका तर कम्तिमा ७० प्रतिशत ल्याएका विद्यार्थीहरुले यो विषय पढ्न पाउँछन् । आइएलटिएसमा कम्तिमा ६.५ ल्याएको हुनुपर्छ । गणित विषयमा दक्ष हुनु जरुरि छ । यसको लागि पढाइ शुल्क वार्षिक २४,५५९ डलर लाग्छ । इञ्जिनियरिङ्ग अन्तर्गत पनि कम विद्यार्थीहरुले पढ्न चाहने र एरोस्पेस विस्तारै फैलिदै गएको क्षेत्र भएकोले अष्ट्रेलियामा मात्र नभएर सबैजसो मुलुकमा यसमा राम्रो करियरको अवसर रहेको छ । यस कोर्स अन्तर्गत निम्न...

Read More

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले आफूले चाहे जस्तो काम पाउन मुस्किल, यस्ता छन् कारण

मेलबर्न । अष्ट्रेलियामा डिग्री वा अध्ययन सकिसकेपछि छुट्टै उत्साहको सञ्चार हुन्छ । त्यसपछि पूरै समय काममा लाग्न पाउँनुको मज्जा वेग्लै हुन्छ । तर पढाइ सकिसकेपछि पनि राम्रो र खोजे जस्तो काम नपाएर धेरै विद्यार्थीहरु निराश भैरहेको अवस्था पनि छ । विशेष गरेर नेपाल,भारत जस्ता वहुसांस्कृतिक मुलुकबाट आएका विद्यार्थीहरु अझ बढी यस्तो समस्यामा पर्ने गरेको स्वयम् विद्यार्थीहरु नै गुनासो गर्दछन् । विज्ञहरुको विचारमा आधारित रहेर अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम पाउन कठिन हुनुका ५ कारणहरुबारे यहाँ चर्चा गर्दैछौं ।  अँग्रेजी भाषामा कम दक्षता हुनु अष्ट्रेलियामा काम पाउन पहिलो आधारभूत योग्यता भनेकै अँग्रेजी भाषा हो । त्यसैले विज्ञहरु भन्छन्–तपाईले काम खोज्न जाँदा तपाईले आइएलटिएसमा...

Read More

अष्ट्रेलिया आउनुअघि नेपाली विद्यार्थीले थाहा पाउनैपर्ने चार कुराहरु

मेलबर्न । अध्यनकालागि विदेशिने नेपाली विद्यार्थीहरुको रोजाइमा अष्ट्रेलिया अहिले पहिलो रोजाई बनिरहेको छ । अष्ट्रेलियामा मिहिनेती विद्यार्थीहरुकालागि पैसा र भविष्य दुवै राम्रो छ । नेपालीहरुले मेहनती र मिलनसार स्वभावले अष्ट्रेलियामा नेपालीहरुको राम्रो परिचय बनेको छ । त्यसैले अष्ट्रेलिया अध्ययनका लागि आउने बिदेशी बिद्यार्थीहरुको संख्यामा नेपालीहरु तेस्रो स्थानमा छन् । तर अष्ट्रेलियाकाबारेमा आवश्यक कुराहरु बुझ्दै नबुझी कन्सल्टेन्सीका भरमा आउने विद्यार्थीहरुले भने विभिन्न समस्या भोग्ने गरेका छन् । त्यसैले अष्ट्रेलिया आउनुअघि केही आधारभूत कुराहरुको राम्रो अध्ययन गरेर मात्र आउनुपर्दछ । अष्ट्रेलिया आएर कहाँ बस्ने, आफुले अध्ययन गर्दा लाग्ने कलेज वा युनिभर्सिटीको शुल्क कति लाग्छ ? बिद्यार्थी भएर आइसकेपछि यहाँ स्थायी बासिन्दा (पिआर)...

Read More