Category: ताजा खबर

चक्रवाती तूफान ‘वायु’ को प्रभाव बिहीबार नेपालमा पनि पर्ने चेतावनी

काठमाडौँ । भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव बिहीबार नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिनुभयो । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ । यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा विहीवार पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिनुभयो...

Read More

डिभी र पीआरको फाराम भर्ने कर्मचारीको जागीर खोसिने

काठमाडौं । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु दण्डनीय हुने ब्यवस्था गरिएको छ । अधिकांश शिक्षक तथा कर्मचारीले अमेरिकाले उपलब्ध गराएको डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) भर्ने गरेको बताइन्छ । संसदबाट शिक्षा विधेयक पारित भएर ऐन लागु भए अब शिक्षक वा शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीले डिभी,...

Read More

डिप्लोमा नसकी ‘नो अब्जेक्सन लेटर’ नपाइने,विदेश पढ्न जाने विद्यार्थी रोकिए

काठमाडौं । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ । नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । एनओसी बन्द गर्नुको कारणबारे भने केही खुलाइएको छैन । एनओसी आवश्यक पर्ने कोर्सहरु युरोपियन क्रेडिट्स ट्रान्सफर एण्ड एक्युमुलेसन सिस्टम अन्तर्गत हुने र नेपालको स्नातक तह पहिलो वा दोश्रो वर्ष सो–सरह हुने बताइन्छ । आधिकारिक तथा औपचारिक प्रयोजनका लागि एनओसी आवश्यक पर्छ...

Read More

‘It’s the time to make combined efforts to implement the DPCW in Nepal’

Kathmandu- On 8th of June, the 2nd Nepal media peace forum named “Voice of Press” was held in Kathmandu to promote peacebuilding and civic awareness of peace by Nepalese journalists. This forum was hosted by Heavenly Culture, World Peace, Restoration of Light (HWPL), an international peace NGO registered in UN ECOSOC and UN DGC, in cooperation with Nepalese journalists. The 15 journalists as participants discussed effective ways to promote peace through responsible journalism – raising public awareness of ideas of peace and avoiding violence and extremism. This principle of “spreading a culture of peace”, according to HWPL, is based...

Read More

संसदमा प्रतिपक्षी काँग्रेसको पावर,अवरोधपछि वैठक स्थगित

काठमाडौँ । गुठीयारमाथि सरकारले धावा बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली परम्परा, धर्म र संस्कृतिमाथि आँच ल्याउने उद्देश्यसहित गुठी विधेयक सरकारले ल्याएको र त्यसविरुद्ध बोल्दा टाउको फुटाउने स्थिति आएको भन्दै उसले संसद अवरोध गरेको हो। भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक नेपाली धर्म र संस्कृतिविरुद्ध नआएको स्पष्टीकरण दिएपनि कांग्रेसले त्यसमा चित्त बुझाएन । आइतबार गुठियारमाथि प्रहरीले गरेको दमनबारे गृहमन्त्रीले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लियो। कांग्रेसका सांसद पुष्पा भुषालले सरकारले एकपछि अर्को गर्दै नागरिकको अधिकार र देशको मौलिकता खोस्न लागेको भन्दै विरोध जनाएकी थिइन्। सभामुख...

Read More