Category: समाचार

धुर्मुस सुन्तलीलाई एककरोड अभाव !

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा निर्माणाधीन नमुना बस्तीका लागि रकम अपुग भएको छ । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको दलित नमुना बस्तीका लागि १ करोड रुपैयाँ अपुग भएको हो । ५ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको दलित नमुना बस्तीका एक करोड २९ लाख रुपैयाँ अपुग भएको कलाकार धुर्मुसले बताए । नमुना बस्ती निर्माण गरिरहेका यी कलाकार जोडीले एक करोड रुपैयाँ बराबर श्रम र सामान उधारोमा चलाउनुपरेको बताएका छन् । सहयोग रकम आइरहेको भए पनि अपुग भएको धुर्मुसको भनाइ छ । पछिल्लो समय बस्ती निमार्णका लागि...

Read More

Commemorative Event for Peacebuilding to be held in Philippines

Seoul.On January 24, the 3rd Annual Commemoration of January 24 HWPL Day will be held in Buluan, Maguindanao the Philippines. Every January 24 is designated as the HWPL Day when the Mindanao Peace Agreement in 2014 established by the local community with Gov. Esmael G. Mangudadatu, Governor of Province of Maguindanao, and Fernando Capalla, Archbishop of Davao diocese, in attendance, which advocated active engagement of peacebuilding from the local level in Mindanao.   Various peace activities in Maguindanao and Davao City have been endorsed such as building peace monuments in Buluan as well as in a MILF Camp, carrying...

Read More

अमेरिकाको टेक्सासमा गाेली हानी नेपालीको हत्या

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा बन्दुकधारीले आक्रमण गरी एक नेपालीको हत्या गरेका छ । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति १२ बजे बन्दुकधारीले आक्रमण गरी हत्या गरेका हुन् । पाण्डेलाई दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए...

Read More

राष्ट्रियसभा निर्वाचन, एमालेमा चौगुना नाम सिफारिस

काठमाडौं । राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुणा नाम सिफारिस गरेका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ । वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागमा २९ सिटमा तोकिए भन्दा धेरै सिफारिस आएको हो । पूर्वसांसद तथा पूर्वमन्त्री समेत सिफारिसमा परेका छन् । धेरै नाम पठाउँदा उम्मेदवार छनोट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘प्रदेश १ र २ बाट धेरै सिफारिस आएका छन्। एउटा सिटमा ३ जनाको सिफारिस गर्न भनिएकोमा धेरै सिफारिस आएको छ । मापदण्डभित्र रहेर छनोट गरिने छ’ उनले भने। उनले एमालेको स्थायी समितिको सोमबारको बैठकले प्रदेशबाट सिफारिस नामको टुंगो लाग्ने बताए।...

Read More

सीएफएल खरिदमा अनियमितता

इटहरी । इटहरी उपनगरपालिकाले सडक बत्ती खरिदमा अनियमितता गरेको छ । सीएफएल बल्ब बजार मूल्यभन्दा ५० प्रतिशत महँगो खरिद गरिएपछि अनियमितताको घटना बाहिर आएको हो । कान्तिपुरमा समाचार छ । स्थानीयले अनियमिता गर्नेलाई कारबाहीको माग गर्दै उपमहानगरपालिका गेटमा तालाबन्दी गरी धर्ना दिइरहेका छन् । बिहान १० बजे नै मूल गेटमा तालाबन्दी गरी धर्नाका कारण सेवाग्राहीहरू भित्र प्रवेश गर्न पाएनन् । उता नगरपालिकाभित्र प्रवेश गरेका कर्मचारीहरू भित्रै छन् । बाहिर रहेका कर्मचारीभित्र छिर्न पाएनन् । अनियमितता गरेको प्रस्ट हुँदाहुँदै पनि नगर प्रमुखले ती कर्मचारीलाई कारबाही गर्नुको साटो स्पष्टीकरण सोधेर झारा टार्ने काम भएकाले कडा कारबाहीका लागि आफूहरू सडकमा आउनुपरेको उद्योग...

Read More