Category: ताजा खबर

भरतमोहनले त्यागे सक्रिय राजनीति

नेकपा एमाले स्थायी कमिटीका सदस्य भरतमोहन अधिकारीले पार्टी बिधान अनुसार उमेर हदबन्दी संगै सक्रिय राजनीतिबाट बिदा लिनु भएको छ । अधिकारी ६० वर्षदेखि लगातार कम्युनिष्ट राजनीतिमा सक्रिय रही तीन  पटक अर्थमन्त्री, श्रम तथा यातायात र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री हुुनु भएको छ | राजधानी  काठमाडौंमा चलिरहेको नवौ महाधिवेशनमा अधिकारीले आज सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नु भएको हो । अधिकारीको जन्म १९९३ सालमा महोत्तरीको भवरपूर्ण गाविसमा भएको हो । एमालेको प्रस्तावित विधान अनुसार पार्टीको कार्यकारी पदमा ७० वर्ष पुगेपछि बिदा लिनुपर्ने व्यवस्था छ । अघिल्लो पटक आठौं महाधिवेशनमा मोदनाथ प्रश्रितले पनि सक्रिय राजनीतिबाट बिदा लिएको घोषण गर्नु भएको...

Read More

कृष्णगोपाल ओली तिरै सरे

लामो समय देखि केपी शर्मा ओलीको खम्बा मानिएका एमाले नेता कृष्णगोपाल श्रेष्ठले महाधिवेशनको पूर्व सन्ध्यामा ओली पक्षधर गुटलाई अपवित्र संज्ञा दिएर अभिव्यक्ति दिदै आएका थिए | गएको असार ८ को संविधान सभा उप निर्वाचन देखि श्रेष्ठले गुट त्यागेको अनुमान गरिए पनि खुलेर नै ओलीमाथि यसरी भिन्न मत राखेका थिएनन कृष्णगोपालले |

Read More

नीर शाह अस्पतालबाट घर फर्किए

७२ घण्टा लामो समय भेन्टिलेटरमा राखेपछि सामान्य अवस्थामा फर्केका नीर शाह स्वस्थ्यमा सुधार आए पछि आरामको लागि घर फर्किएका छन् |
अकस्मात हृदयघात भएपछि शाहलाई गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि नौ दिन अघि भर्ना गरिएको थियो । हृदयघात भएपछि उनलाई सीसीयू कक्षमा राखिएको थियो ।

Read More

भयानक दुर्घटना हुनबाट बच्यो एयरबस- ७६७

रसियन एयर बस बोइंग ७६७ ठुलो दुर्घटना हुन बाट बचेको छ |मस्को बाट स्पेनको लागि उडेको जहाज हिजो बिहान एल प्रातमा अवतरण गर्न लाग्दा ब्युनस आयर्सका लागि उडान भर्न लागेको अरोलान्स अर्जेंतिनाजको ए ३४० संग ठोक्किनबाट जोगिएको हो |

Read More

देशमा कुनै राजा छैन भन्ने थाहा नहुँदा हिरासतमा

अहिले देशमा कुनै राजा छैन । किनभने मुलुक अहिले गणतन्त्रमा गइसकेको छ । यहि कुरालाई स्वीकार गर्न नसक्दा बिराटनगरमा एकजनाले झन्डै जेलको हावा खान परेको छ । उनी हुन् राष्ट्रवादी युवा समूहका जिल्ला अध्यक्ष मोहम्मद मुस्लिम मियाँ । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउने क्रममा बिराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको आदेशमा प्रहरीले पक्राउ गरी ३ घण्टा हिरासतमा राखेर छाडेको छ । मोरङका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको जन्मोत्वसमा सहभागी भई दिनुहुन’ भन्ने व्यहोराको पत्र पठाएको आधारमा आफूलाई पक्राउ गरिएको मियाँको बताउनुभयो । समूहले पुर्वराजा...

Read More