Category: ताजा खबर

ओबामा सँग वान कि मुनले टेलीफोनमा भने – “म अब इजरायल जान्छु “

अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको टेलिफोन वार्तामा  संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आफु इजरायल जाने तयारीमा रहेको बताएका छन्  । ईजरायल र प्यालेष्टाईनबीच भड्किएको हिंसा रोक्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन इजरायल जाने भएका हुन्  । दुई पक्षबीच संवाद मार्फत् द्वन्द्व अन्त्य गराउन बान इजरायल जान लाग्नु भएको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ओबामाले भने दुबै पक्षले संयम अपनाउनु पर्नेमा जोड दिनु भएको छ । इजरायली हवाई आक्रमणको निशानामा भने अधिकांश सर्वसाधारण परेका छन् । हजारौं हजार नागरिक पलायन भएका छन् । इजरायल र प्यालेष्टायनबीचको संघर्षमा तीन सयभन्दा बढी मारिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतान्याहुले...

Read More

त्रिचन्द्रको पुस्तकालय विद्यार्थीले नै जलाए, ४ हजार पुस्तक २ हजार थेसिस खरानी

आइतबार दिउँसो अनेरास्ववियूका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएलगत्तै तनावग्रस्त बनेको त्रिचन्द्रमा एक्कासी धुवाँको मुस्लो देखियो | अनेरास्ववियुका कार्यकर्ताले पुस्तकालयमा आगजानी गरेको नेवि संघले आरोप लगाएको छ | आगजनीबाट करिब ४ हजार पुस्तक र २ हजार थेसिस जलेको बताइएको छ ।

Read More

अधिक वर्षा सँगै सुदूरपश्चिममा सडक अवरुद्ध

दार्चुला जिल्लामा पाँच दिन देखि लगातार परेको वर्षाले सडक अबरुद्ध हुँदा दार्चुला सदरमुकाम खलाङ्गा सँगको सवारी आगामन प्रभावित भएको छ ।

महाकाली लोकमार्गको धामीगडा क्षेत्रमा वर्षा पछी गएको पहिरोले सडक अबरुद्ध बनाएपछि खलंगासँगको सवारी आवागमन टुटेको छ |

Read More

विश्व साइकल यात्री शाह एन-पिस अवार्डमा प्रतिष्पर्धी

११ बर्ष भन्दा बढी समय नेपालको झन्डा फहराउँददै विश्व शान्ति र भाइचाराको लागि साइकल यात्राबाट विश्वमा नेपालको परिचय दिने पुष्कर पुष्कर शाह यस वर्ष “द एन -पिस अवार्ड २०१४” को मनोनयनमा परेका छन् |एन-पिस अवार्डमा सन् २०११ बाट दक्षिण एशिया क्षेत्रका इन्डोनेसिया, म्यानमार, नेपाल, पाकिस्तान, अफगानिस्तान र फिलिपिन्स गरि ६ राष्ट्रबाट शान्तिका निम्ति नेतृत्वदायी भूमिका खेल्ने एक महिला वा पुरुषलाई सम्मान स्वरूप दिइने गरिएको छ |

Read More

कुटीकुटी लोग्नेको ज्यान लिने श्रीमती पक्राउ

मादक पदार्थ सेवन गरी घरमा आएको अवस्थामा विवाद हुँदा झापा जुरोपानीका गौरलाल सरबरियालाई आफ्नै भाइ अनिल र श्रीमतीले कुटपीट गरि हत्या गरेका छन् | श्रीमती र भाइको कुटाइबाट गम्भीर घाइते झापा जुरोपानीका गौरलालको शनिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।

Read More