Category: ताजा खबर

लक्ष्य प्राप्तिका लागि एकढिक्का भएर हिड्नुपर्छ: दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएका विवादलाई समाधान गदै राजनीतिक लक्ष्य प्राप्तिका लागिपनि एकढिक्का भएर हिडनुपर्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै दाहालले संघीय गणतन्त्रको परिर्वतनकारी संविधान निर्माणका लागि मोर्चाबन्दी आवश्यक भएको बताउनुभयो । छुटिएर रहेका कम्युनिष्ट र समान एजेन्डा भएका पार्टीबिच मोर्चाबन्दी गर्दै परिर्वतनकारी संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहाललले संसारभरीका श्रमजीवी जनताको अभिभारा पुरा गर्न आफ्नो पार्टी सधै एकताबद्ध हुने दाबी समेत गर्नुभयो...

Read More

उद्धार तथा राहत वितरणमा ढिला नगर : प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । आज एक विज्ञप्ती जारी गर्दे प्रधानमन्त्री कोईरालाले पीडितहरुको उद्धार, राहत वितरण र पुनस्थापनामा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्रप्रहरी, केन्द्रदेखि स्थानीय प्रशासनको समग्र शक्ति लगाइरहेको जनाउनुभएको छ । यी सम्पूर्ण कार्यको सम्पादनमा केन्द्रीय स्तरमा समन्वय ल्याउनका लागि प्रधानमन्त्रीको सचिवालय अन्तरगत प्राकृतिक प्रकोप उद्धार नियन्त्रण कक्ष स्थापना गरी क्रियाशील तुल्याइएको प्रधानमन्त्रीको भनाई छ । उपयुक्त समयमा म आफै पनि यी समग्र प्रकृयाको स्थलगत अवलोकन गरी उद्धार, राहत र पुनस्थापना कार्यलाई गति दिन इच्छुक छु” कोइरालाले विज्ञप्तीमा भन्नुभएको छ । साउन महिनाको उत्तरार्धमा परेको अविरल बर्षाले...

Read More

विनियोजन विधेकमाथि आजपनि छलफल हुदै

व्यवस्थापिका संसदको आज बस्ने बैठकमा विनियोजन विधेकमाथि छलफल हुदैछ । दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेकमाथि छलफल हुने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । यसैबीच आजको बैठकमा संसदिय समितिहरुको समितिको सभापति चयनको प्रकृयाका लागि सभामुख सुवासचन्द्र नेम्वाङले संसदलाई जानकारी गराउनु हुने भएको छ । संसदको आजको बैठकले बुधबार हुने सभापति चयनका लागि कार्यतालिका सार्वजनिका गर्ने तयारी गरेको छ । संसदको विषयगत ११ र विशेष तीन गरी १४ वटा समितिको सभापति चयनका लागि प्रकृया सुरु गर्न संसदलाई जानकारी गराउन लागिएको हो । सभापति चयन प्रकृया सुरु भएपछि दलिय भागवण्डा नमिलेका कारण झण्डै सात महिनादेखि...

Read More

वीपी विचार पदयात्रा आजपनि जारी

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता वपी कोइरालाको जन्मशताब्दीको अवसरमा हिजोदेखि सुरु पदयात्रा आजपनि जारी छ । साउन ६ गते विराटनगरबाट सुरु भएको विचारयात्रा अन्तर्गत हिजोदेखि पदयात्रा सुरु भएको हो । २००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ गरी विपी कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणी प्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलुढुंङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडौ ल्याउँदाको मार्गमा पैदलै पुग्नेगरी यो अभियान गरिएको हो । विपीका राजनैतिक, आर्थिक, सामाजिक चिन्तन एवं विचारलाई जनस्तरसम्म पु¥याउने, विपीको सपना अनुसार भविष्यको नेपाल, भविष्यको समुन्नत नेपाल निर्माणको संकल्प दोर्होयाउदै विपी विचारको सान्दर्भिकतालाई...

Read More

मारिएको १३ दिनपछि भोलि दाहसंस्कार

दिनेश अधिकारी चरी मारिएको १३ दिनपछि भोलि उनको दाहसंस्कार हुने भएको छ । सामान्तयः हिन्दू परम्परा अनुसार मानिस मरेको १३ औं दिनपछि काजकिरिया सकिन्छ । तर, चरीका परिवारले उनको पक्राउपछि हत्या भएको भन्दै शव बुझ्न अस्वीकार गरेका कारण १३ दिनपछि बल्ल दाहसंस्कार हुन लागेको हो । चरीका आफन्त, परिवारजन र धादिङका एमाले नेताहरुबीच हिजो काठमाडौंको गोंगबुमा भएको छलफलपछि कानुनी तथा राजनीतिक लडाइ लड्दै काजकिरिया गर्ने निर्णय भएको हो । आज सर्वोच्च अदालतमा चरीको मृत्यु प्रकरणमा किटानी जाहेरी लिन नमानेको प्रहरीविरुद्ध परेको रिटमाथि सुनुवाइ हँुदैछ...

Read More