Category: ताजा खबर

२६ वटै मन्त्रालयलाई बेरुजु विवरण बुझाउन लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले सरकारका २६ वटै मन्त्रालयमा भएको बेरुजु विवरण तत्काल समितिमा बुझाउन निर्देशन दिएको छ । समितिले भदौं ८ गते सरकारका मुख्य सचिवलगायत सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर विवरण बुझाउन आग्रह गरेको थियो । तर, आज बिहान बसेको बैठकमा समितिका सदस्यहरुले अहिलेसम्म पनि कुनै मन्त्रालयले बेरुजु विवरण नबुझाएको भन्दै आक्रोस व्यक्त गरेका थिए । सदस्यहरुको आक्रोसपछि समितिले तत्काल विवरण बुझाउन मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो । यस्तै समितिले अखिल नेपाल फुटवल संघ एन्फालाई २४ गतेभित्र बैक खातादेखि सम्पूर्ण लेखापरीक्षणको रिपोर्ट बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ...

Read More

सर्वदलीय बैठक निष्कर्षबिहिन

संविधानका मुख्य विवादित विषयमा छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठक निष्कर्षबिहिन भएको छ । संवैधानिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले बोलाउनुभएको बैठकमा ठूला दलका शीर्ष नेताहरु अनुपस्थित थिए । बैठकमा शीर्ष नेताहरुको अनुपस्थितिप्रति साना दलका नेताहरुले असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा बसेको बैठकमा कांग्रेस र एमाले नेताहरुले सहमति हुन नसकेका विषयलाई संविधानसभाको प्रक्रियामा लैजानुपर्ने बताएका थिए । एकीकृत माओवादी, मधेसवादी र साना दलका नेताहरुले भने सहमतिमा जोड दिएका थिए । अब सम्वाद समितिको शनिबार १ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने बताइएको छ...

Read More

विवादित विषयमा सहमति जुटाउन सर्वदलीय बैठक जारी

संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीति दल र स्वतन्त्र सभासद्को संयुक्त बैठक अहिले बसिरहेको छ । संविधान निर्माणमा प्रमुख दलहरुबीच शासकीय स्वरुप, राज्य पुनः संरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीमा विवाद कायमै छ । विवादित विषयमा सहमति जुटाउने र कार्यतालिकाभित्रै संविधान निर्माण गर्ने उदेश्यका साथ नेताहरु छलफलमा जुटेका हुन् । प्रमुख राजनीतिक दल र संविधानसभा बाहिर रहेको नेकपा–माओवादीको बिहीबारको बैठकले संविधान निर्माण प्रक्रियामा सबै वर्ग तथा क्षेत्रलाई समान प्रतिनिधित्व गराउने सहमति भएको भोलिपल्टै आज संविधानसभाभित्र रहेका दलको संयुक्त बैठकको आयोजना गरिएको हो...

Read More

सहकारीका सचिवलाई कारबाहि गर्न अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलाई कारवाही गर्न निर्देशन दिएको छ । सचिव गौतमले उचित समयमा उचित निर्णय नगरेको तथा अख्तियारले दिएको निर्देशन पालना नगरेको आरोप सहित उनीमाथि कारवाही गर्न आज अख्तियारले चेतावनी दिएको हो । गौतम सहकारी मन्त्रालयमा आउनुअघि नेपाल ट्रष्टको कार्यालयमा थिए । ट्रष्टको कार्यालयमा हुँदा पूर्व राजपरिवारको सम्पत्तिसँग जोडिएको गोकर्ण रिसोर्टसँग सम्बन्धित एउटा निर्णयमा ४ वर्षसम्म निवेदकको माग सुनुवाइ नगरेको अख्तियारको आरोप छ...

Read More

भ्रष्टाचारका कारण विश्वमा हरेक वर्ष लाखौँको मृत्यु

भ्रष्टाचारका कारण विश्वमा हरेक वर्ष दशौँ लाख मानिसको ज्यान जाने गरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । भ्रष्टाचार विरोधी संगठन वनले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको प्रतिवेदनले देखाएको छ । पछिल्लो दुइ दशकमा चरम गरिबी निवारणमा प्राप्त प्रगतिलाई भ्रष्टाचार तथा अपराधले संकटमा पारेको छ । प्रतिवेदन अनुसार विश्वमा भ्रष्टाचारकै कारण हरेक वर्ष ३६ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । अदृश्य कम्पनीहरुको प्रयोग तथा मुद्रा निर्मलीकरण लगायतका कार्यहरुबाट समेत चरम भ्रष्टाचार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । भ्रष्टाचारलाई टिकाइराख्न सघाउने गोप्यताको अन्त्य गर्ने तथा उठेको राजश्वलाई स्वास्थ्य क्षेत्रमा खचिर्ने हो...

Read More