Category: ताजा खबर

भटराईसंगको विवाद नौलो होईन : दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भटराईसंगको विवाद नौलो नभएको बताउनुभएको छ । चितवनको भरतपुरमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै उहाँले नेता भट्टराईसंग विवाद र एकता हुने क्रम विगत ३० वर्षदेखि चल्दै आएको बताउनुभयो । अरुको लागी यस्तो विवाद नौलो भएपनि पार्टीका लागी यो सामान्य भएको बताउनुभयो । उहाले अहिले देखिएको विवाद सामान्य भएपनि त्यसलाई समाधान गर्न आफु लागि परेको बताउनुभयो । अध्यक्ष दाहालले पार्टी पुनः विभाजन हुने अवस्थामा नरहेको दावी समेत गर्नुभयो...

Read More

जवाफी कारबाहीमा ‘चरी’ मारिए : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताउनुभएको छ । संसदमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको जिल्ला अदालत काठमाडौं र जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फौजदारी मुद्दा समेत चलिरहेको बताउनुभयो । चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्री गौतमको भनाई छ । घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको  उहाँले बताउनुभयो । यसैवीच गृहमन्त्री गौतमले नेपालगञ्जमा भएको बलात्कार घटनाका अभियुक्तहरुलाई पक्राउ गरिसकेको...

Read More

सामुहिक बलात्कारको घटनामा संलग्न ५ अभियुक्त प्रहरी नियन्त्रणमा

नेपागन्जमा भएको सामुहिक बलात्कारको घटनामा संलग्न ५ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ परेका ५ जना अभियुक्तहरु उपर जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रुकुमबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख ५१६७ नम्बरको बसमा सवार १८ वर्षीय युवतीमाथि  नेपालगन्जको बसपार्कमा बुधबार बिहान साढे ३ बजे सामुहिक बलात्कार भएको थियो । बसका चालकको मिलेमतोमा ती युवतीलाई उनी झर्नुपर्ने गन्तब्यमा झर्न नदिई उनको झोला र मोबाईल नियन्त्रणमा लिएर गन्तब्यभन्दा करिब ६ किलोमिटर टाढा रहेको नेपालगन्ज बसपार्कमा ल्याएर सामुहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घटनापछि फरार...

Read More

बन्दले मेची–कोशी अञ्चलको जनजीवन प्रभावित

मेची यातायात ब्यवसायी संघ र कोशी यातायात व्यवसायी संघले आह्वान गरेको बन्दका कारण मेची र कोशी अञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दका कारण ताप्लेजङु,  इलाम, झापा, पाँचथर, सुनसरी, धनकुटा तेह्रथुम लगायत जिल्लामा यातायात ठप्प छ । उज्यालो यातायातले सहमति बिना बस संचालन गर्न लागेको भन्दै त्यसको बिरोधमा मेची बस व्यवसायी महासंघले गत साउन २१ गतेबाट पूर्वमा यातायात बन्द गरेको हो । बन्दका क्रममा झापाको बिर्तामोडमा गएराती बन्दकर्ताहरुले २ वटा बस, एउटा ट्रक र एउटा कारमा तोडफोड समेत गरेका छन...

Read More

चरी मृत्युबारे संसदमा ब्रिफिङ

व्यवस्थापिका–संसदको  आजको बैठकमा गृहमन्त्री बामदेव गौतमले नेपालगन्जमा भएको सामुहिक बलात्कार र धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका विषयमा सदनमा जानकारी गराउनु हुने भएको छ । गैतमले नेपालगञ्जका किशोरीमाथि भएको सामूहिक बलात्कार र कारवाहीका लागि भइरहेको पहल  र  राजधानी नजिक भीमढङ्गामा धादिङका ‘चरी’ भनिने दिनेश अधिकारीको मृत्युका सम्बन्धमा सदनलाई जानकारी गराउनुहुने भएको हो । संसद बैठक दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने भएको छ । हिजो सभामुख सुवासचन्द्र नेम्वाङले घटनाका विषयमा सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको थियो । व्यवस्थापिका–संसद्कोे बैठकमा सभामुखसँग समय लिएर  सभासदहरुले दुवै घटनाका सम्बन्धमा सरकारले सत्यतथ्य सदनसमक्ष प्रस्तुत गर्नुपर्ने माग गरेपछि सभामुखले यस्तो निर्देशन दिनुभएको हो...

Read More