Category: ताजा खबर

मुलुकले छिट्टै राजनितिक निकास पाउँछ : कोईराला

प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले छिट्टै राजनितिक निकास पाउने बताउनुभएको छ । कीर्तिपुरमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै कोईरालाले आफ्नो एक मात्र लक्ष्य संविधान निर्माण भएकाले तोकिएकै समयमा लोकतान्त्रिक संविधान बन्नेमा शंका नगर्न सबैसंग आग्रह गर्नुभयो । लोकतन्त्रबिना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने भन्दै उहाँले आर्थिक विकासमा मुलुकले गति लिने बताउनुभयो । आफू पदको लागि प्रधानमन्त्री नभएको स्पष्ट पार्दै उहाँले मुलुकको निकासका लागि दलहरुसँगको वार्ता जारी राखेको पनि जानकारी गराउनुभयो...

Read More

सीके राउतलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाईने

मधेसलाई नेपालबाट टुक्राउनुपर्ने अभियानमा लागेका डा. सीके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी थालेको छ । राज्य विरुद्धको उद्योग गरेको प्रमाणित भए राउतलाई जन्म कैद वा १० वर्षसम्म कैद सजायँ हुनेछ । गत शनिबार मोरङको रंगेलीबाट पक्राउ गरी हाल सार्वजनिक अपराधको मुद्दा चलाइएका राउतलाई शुक्रबार काठमाडौं ल्याएर सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ । सर्वोच्चमा परेको वन्दी प्रत्यक्षीकरणको रिट अनुसार अदालतले उनलाई हाजिर गराउन भनेको हो । सर्वोच्च अदालतले छाड्न आदेश दिने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले अर्को मुद्दाको तयारी थालेको हो । प्रहरीको दाबी अनुसार नेपाललाई टुक्राउने र यसका लागि मधेसबाट सेना हटाउन सशस्त्र संघर्ष गर्ने राउतले लिखित अभिव्यक्ति दिएका...

Read More

सहमतिको प्रतिवेदनमा आजपनि छलफल हुने

संविधानसभाको आजको बैठकमा पनि सभासदहरुले आअफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिने भएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रतिवेदनको सहमति र असहमतिको बुँदामा आज पनि छलफल हुने भएको हो । बिहान ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न लागेको संविधानसभा बैठकमा आज पनि प्रतिवेदनमाथि सभासदहरुले भनाइ राख्ने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । संविधानसभामा छलफल गरिसकेपछि सहमति भएका बिषयलाई मस्यौदा समितिमा मस्यौदाका लागि पठाईने छ भने विमतिका विषयलाई सहमति जुटाउनका लागि फेरी संवाद समितिमै पठाउने तयारी भईरहेको छ...

Read More

तीन संवैधानिक निकायमा भोलि पदपूर्ति हुने

सरकारले तीन संवैधानिक निकायमा भोलि पदपुर्ती गर्ने भएको छ । मानव अधिकार आयोग,लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न भोलि संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले भोलि बिहान बस्ने गरी परिषद बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिनुभयो...

Read More

आज विश्वकर्मा पूजा मनाइदै

आज विश्वकर्मा पूजा, बर्ष भरी कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गरि मनाइदैछ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । पूजाको पूर्व सन्ध्यामा अहिले विभिन्न कलकारखानाका कर्मचारीहरु औजार सफा गर्न जुटेका छन् । विधिपुर्वक आज विश्वकर्माको पूजा गरि भोलि नजिकैको खोलामा लगेर मुर्तिलाई बगाउने गरिन्छ...

Read More

Cake To Nepal

फेसबुक

July 2020
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031