Category: समाचार

शिक्षा नै देशको मेरुदन्ड : यादब

राष्ट्रपति डा. रामवरण यादवले शिक्षा नै देशको मेरुदन्ड भएकाले शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको छ । ३५औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले आफ्नो सीप र क्षमतालाई राष्ट्र निर्माणको क्षेत्रमा लगाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सक्षम शिक्षक, स्तरीय शिक्षा भन्ने सन्देशका साथ मनाइएको कार्यक्रमका अवसरमा नेपाल विद्याभूषण क, ख, ग तथा नेपाल छात्रा विद्यापदक पनि वितरण गरिएको थियो...

Read More

२०१५ सम्ममा निरक्षरता उन्मुलन गर्ने सरकारको लक्ष्य

आज सेप्टेम्बर ८ तारिख अन्र्तराष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस । समृद्धिका लागि सारक्षरता र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले १५ बर्षदेखि ६० बर्ष उमेर समुहका निरक्षर नागरिकलाई साक्षर बनाउन २०६३ सालदेखि मुलुकभरबाट निरक्षरता उन्मुलन गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको छ । यो अवधिमा ६१ लाखलाई साक्षर बनाईसकेको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ । यो बर्ष १७ लाख नागरिकलाई साक्षर बनाउने सरकारी लक्ष्य छ । त्यसका लागि सरकारले एक अर्व रुपैंया बजेट छुट्याएको छ । संयुक्त राष्ट्रसघंको सबैका लागि शिक्षा अभियानअन्र्तगत सन् २०१५ सम्ममा मुलुकबाट निरक्षरता उन्मुलन गर्ने प्रतिबद्धता सरकारले...

Read More

इन्द्रजात्रा पर्व धुमधामका साथमा मनाइँदै

आज राजधानी उपत्यकामा इन्द्रजात्रा पर्व धुमधामका साथमा मनाइँदैछ । राजधानीको हनुमानढोकामा इन्द्रजात्राका लागि रथयात्राको सम्पूर्ण तयारी पूरा भैसकेको छ । यस पर्वका लागी वसन्तपुर दरबार क्षेत्र तथा सो आसपास क्षेत्रमा रङरोगन गरि सिँगारिएको छ । यहाँ इन्द्रध्वजा फहराइएपछि यो वर्षको इन्द्रजात्राका विभिन्न गतिविधि सुरु भएको थियो । यो पर्वमा प्रत्येक वर्ष भाद्रकृष्ण द्वादशीका दिन इन्द्रध्वजा फहराइएपछि हनुमानढोका तथा सो आसपास क्षेत्रमा जात्राको माहोल निकै तातेको छ । यहाँका स्थानीय टोलटोलमा राखिएका श्वेत भैरव, काल भैरव र इन्द्रको दर्शन सर्वसाधारणलाई खुला गरिएपछि भक्तजनको चहलपहल समेत बढेको छ । प्राचिन कथा अनुसार कुनै समय प्राचीन काठमाडौँ (काष्ठमण्डप) अर्थात् नेपालमण्डलमा एक दिन...

Read More

पत्याउनुस-नपत्याउनुस : ९९ प्रतिशत नेपालीले फलफूल खांदैनन

विदेशीहरु खानाको साटो फलफूलमा बढी जोड दिन्छन । तर तपाई पत्याउनुस,नपत्याउनुस ९९ प्रतिशत नेपालीले फलफूल खांदैनन । शरीरको आवश्यकताअनुसार फलफूल तथा हरियो तरकारी खाने नेपाली औसतमा एक प्रतिशत मात्र रहेको सरकारी तथ्यांकले देखाएको हो । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषद्ले सन् ०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षको सर्वेक्षणले स्वस्थ शरीर बनाउन महत्वपूर्ण मानिने फलफूल तथा हरियो तरकारी आवश्यकताअनुसार नखाने नेपालीको प्रतिशत ९८.९ देखाएको हो । फलफूल तथा हरियो तरकारी नखाँदा नेपालमा मुटु, क्यान्सर, मधुमेहलगायतका नसर्ने रोगहरुको जोखिम बढेको अध्ययनको निष्कर्ष निकालेको...

Read More

भिडन्तमा आइएसका ३० जना लडाकुको मृत्यु

इराकमा भइरहेको लडाइमा कुर्द लडाकुले जारतक पहाड आफनो कब्जामा लिएका छन । गएको महिना इस्लामिक स्टेट आइएसले नियन्त्रणमा लिएको पहाडलाई कुर्द लडाकुले अमेरिकी सेनाको सहयोगमा आफनो कब्जामा लिएको विविसीले जनाएको छ । यस क्रममा भएको लडाइमा आइएसका ३० जना लडाकु मारिएका छन । विद्रोही समुह आइएसले इराक र सिरियाका केही भाग आफनो नियन्त्रणमा लिएको छ...

Read More