Category: ताजा खबर

भारतले भन्यो – नेपालका नेताहरुको हत्या हुँदैछ

अति संबेदनशिल सूचना भन्दै सेप्टेम्बर २४ , २०१४ मा एक गोप्य तर औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु र भारतीय दुतावासका कुटनीतिक अधिकरिहरु असुरक्षित रहेको  जनाएको आजको अन्नपुर्ण पोष्टले लेखेको छ | उक्त सुचनामा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्धिनबाट त्यस्तो कार्यको संभावना गरहेको उल्लेख छ । विमानस्थलबाट विमान अपरहण हुन सक्ने , विशालु ग्याँसको प्रयोगद्वारा  सर्वसाधारण जनता समेत अपहरण  हुन सक्ने अति सम्बेदनशील सूचना सहितको उक्त पत्रले सुरक्षा निकायमा तरङ्ग  निम्त्याएको छ  । भारतले राजधानी काठमाडौँ र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको छ । सार्क सम्मेलनको तयारी मा रहेको नेपालमा यस्तो सुरक्षा सम्बेदनशिलताको कुरा आउनुले...

Read More

प्रोटोकल मिल्दैन : कोईराला

प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्न अस्वीकार गर्नुभएको छ । एकीकृत माओवादी अध्यक्ष दाहाललाई आज विहान टेलिफोन गरेर प्रधानमन्त्री कोइरालाले उच्चस्तरीय समितिमा आफू नबस्ने जानकारी गराउनुभएको हो । विपक्षी दलको नेताको संयोजकत्वमा रहेको समितिमा प्रधानमन्त्री एवम् पहिलो दलको सभापति बस्दा प्रोटोकल नमिल्ने भन्दै कोइरालाले आफू समितिको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । तर, उच्च स्तरीय राजनीतिक संयन्त्रलाई आफ्नो समर्थन भने रहेको उहाँले स्पष्ट पार्नुभयो...

Read More

संक्रमितको उपचार गर्दा टेक्सास अस्पतालका स्वास्थ्यकर्मीलाई पनि इबोला

अमेरिकामा केहि दिन अघि ज्यान गुमाएका थोमस डनकन नामका इबोला संक्रमितको उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीमा पनि इबोलाको संक्रमण  भेटिएको बीबीसीले जनाएको छ | टेक्सास डिपार्टमेन्ट अफ स्टेट हेल्थ सर्भिसका कमिस्नर डा . डेविड लाकेले बीबीसीलाई दिएको जानकारी अनुसार अमेरिकामा इबोलाको संक्रमण दोश्रो हो | इबोलाको नियन्त्रणका लागि औषधि समेत पत्ता नलागेको अवस्थामा यसको उपचार सम्भव छ भन्न सकिने अवस्था आइ सकेको छैन |लाइबेरियामा  आफ्ना आफन्तलाइ भेट्न पुगेका थोमस डनकन अमेरिका फर्किंदा इबोला संक्रमित भेटिएका थिए | उनको उपचारको क्रममा निधन भैसकेको छ | उनकै उपचारको क्रममा आवस्यक साबधानी अपनाउन नसक्दा स्वास्थ्यकर्मी पनि इबोला संक्रमणमा परेका हुन् | हाल उनको...

Read More

२५ हजार स्थायी शिक्षक नियुक्त गरिदै

सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ती गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि अस्थायी शिक्षकको संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ती गर्न एकै पटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयको छ । अस्थायी शिक्षकका लागि १५ हजार र खुल्ला प्रतिष्पर्धाबाट १० हजार स्थायी बिज्ञापन खुल्ला गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । शिक्षक सेवा आयोग ले २०६९ सालमा शिक्षक सेवा आयोग नियमावलीमा भएको सातौं संशोधनपछि ११ वैशाख २०६३ पछि रिक्त पदका लागि १० हजार खुल्ला र १५ हजार आन्तरिक प्रतिष्पर्धाका आधारमा बिज्ञापन खुल्ला गर्न मन्त्रालयले आठौं शिक्षा ऐन संशोधनमा समावेश गरेको सहसचिव...

Read More

पारस शाहलाई लागू औषध कारोबारकै रुपमा मुद्दा

पटक पटक अवैध लागू औषध कारोबारमा पक्राउ पर्दै छुट्दै आएका पूर्वयुवराज पारस शाहलाई थाइ प्रहरीले लागू औषध कारोबारकै रुपमा मुद्दा चलाउने भएको छ । थाइल्याण्डस्थित नेपाली दूताबासलाई जानकारी गराएर थाई प्रहरीले लागू औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेकाले शाहलाई कारोबारीकै रुपमा मुद्दा चलाउने जानकारी दिएको उच्च श्रोतले जनाएको छ । नेपालका पूर्वयुवराजसमेत भएकाले नेपाली सुरक्षा निकायलाई समेत यस विषयमा जानकारी गराइसककेको प्रहरी प्रधान कार्यालयस्थित उच्च श्रोतले बताएको छ...

Read More