Category: समाचार

विश्व च्याम्पियन एथलेट अस्कर पिस्टोरियसलाई ५ बर्षको जेल सजाय

प्रेमिका रीभा स्टीनक्याम्पको हत्याको आरोप लागेका दक्षिण अफ्रिकी एथलेट अस्कर पिस्टोरियसलाई अदालतले आज ५ बर्षको जेल सजाय तोकेको छ |  अस्करले आफूले अन्जानमा आत्मरक्षाको लागि गोलि चलाउँदा प्रेमिका रीभाको हत्या भएको स्वीकार गरेका थिए | रीभा स्टीनक्याम्पका परिवारजनले उनीहरु अदालतको यो आदेशबाट सन्तुष्ट रहेको बताएको बीबीसीले जनाएको छ | भ्यालेन्टाइन डे को पूर्व सन्ध्या, सन् २०१३ को फेब्रुअरी १३ मा रीभा स्टीनक्याम्पलाई अस्कर पिस्टोरियसले आफ्नै निवासमा गोलि हानी हत्या गरेका थिए | उनले शंकास्पद व्यक्ति भएको आशंकामा आफुले गोलि चलाएको र अन्जानमा रीभाको हत्या हुन पुगेको स्वीकारे पछि हत्या सुनियोजित नभएको भन्दै अफ्रिकी अदालतले खुकुलो सजाय तोकेको हो | यस अघि...

Read More

पूर्व अष्ट्रेलियन प्रधानमन्त्री गफ व्हीटलमको निधन

पूर्व अष्ट्रेलियन प्रधानमन्त्री गफ व्हीटलमको  ९८ बर्षको उमेरमा निधन भएको छ | व्हीटलमको निधन बारे परिवारले एक बिज्ञप्ति जारि गर्दै आज बिहान ९८ बर्षको उमेरमा निधन भएको उल्लेख गरेका हुन् | उनि अष्ट्रेलियाका २१ औं प्रधानमन्त्री हुन् |   निकै विवादस्पद राजनीतिक माहौलमा रहेको ततकालिन अष्ट्रेलियन राजनीतिमा सन् १९७२ देखि १९७५ सम्मको  व्हीटलमको कार्यकाल निकै चुनौती पूर्ण रहेको थियो | आफ्नो कार्यकालमा आदिवासी भुमि अधिकार, चीन संगको कुटनीतिक समबन्ध सुधार, विश्वब्यापी स्वास्थ्य हेरचाह , निशुल्क विश्वविद्यालय पहुँच, बिनाकारण हुने सम्बन्ध बिच्छेदमा रोक, सैन्य भर्तिमा रोक र भियतनामबाट अष्ट्रेलियन सैन्य शक्ति फिर्ता गराउने जस्ता निर्णय अघि सारेका उनलाई १९७५ मा...

Read More

तिहार प्रारम्भ, यमपन्चकको पहिलो दिन आज काग पूजा

हिन्दुहरुको महान चाड दशैं पछिको दोश्रो ठुलो चाड तिहार प्रारम्भ भएको छ | कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भइ कार्तिक शुक्ल द्वितीया सम्म पाँच दिन लगातार मनाईने तिहार पर्वलाइ यमपन्चक पनि भनिन्छ | यमपन्चकमा  काग, कुकुर, गाई, गोबर्धन, र भाई पुजा गर्ने प्रचलन छ | नेवार समुदायमा म्ह: पुजा पनि यसै यमपन्चकको चौंथो दिन अर्थात् गोबर्धन पुजाका दिन गरिने चलन छ | तिहारमा  विशेष गरि धनधन्यकि देवी लक्ष्मीको पुजा आरधना गर्ने परम्परा रहीआएको छ | त्यसै गरि तिहारको अन्तिम दिन मनाइने भाईटिकाले दाजुभाई र दिदीबहिनी बीचको प्रेमसम्बन्धमा यस पर्वले विशेष महत्व राख्दछ | आज काग तिहार तिहारको पहिलो दिन आज...

Read More

राति ९ बजेसम्म देउसी,भैलो खेल्न पाइने

सरकारले तिहारमा देउसी, भैलो खेल्ने समय दुई घन्टा थप गरी बेलुका ९ बजेसम्म कायम गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारीगर्दै देउसी, भैलो खेल्ने समय राति ९ बजेसम्म कायम गरिएको जनाएको छ । गृहमन्त्रालयले ४ दिनअघि सूचना जारीगर्दै राति ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाएपछि सामाजिक सञ्जाल लगायत सर्वत्र विरोध भएको थियो ।  गृहमन्त्रालयका सहायक प्रवक्ता गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तिमा विभिन्न क्षेत्रबाट देउसी, भैलो खेल्नका लागि समय थपको माग र अनुरोध भएको तथा जिल्ला प्रशासन कार्यालयबाट समेत थप समय तोकिए सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सकिने प्रतिक्रिया आएकाले ७ बजेलाई संशोधन गरेर बेलुकी ९ बजेसम्म देउसीभैलो खेल्ने समय कायम...

Read More

पर्यटन बोर्डमा भ्रष्टाचार भएको लेखा समितिको ठहर

व्यवस्थापिका संसदको लेखा समितिले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार भएको ठहर गर्दै अनियमितामा संलग्नहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा धेरैजसो सदस्यहरुले बोर्डमा अनियमितता भएकाले दोषीलाई उन्मुक्ति दिन नहुने धारणा राखेका थिए । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका पूर्वमन्त्री, बहालवाला मन्त्री र टानका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेको थियो । समितिका सभापति जनार्दन शर्माले थप छानबिन गरेर नयाँ कुरा फेला पार्न आवश्यक नभएको भन्दै कारबाहीको निर्णय सुनाउनुभएको हो । साथै उहाँले माइनुटको भाषा लेख्नको लागि ५ जना सभासद रहेको समिति गठन गरिएको बताउनुभयो...

Read More