Category: समाचार

दशैं तिहारमा खाद्यान्नको अभाव हुँदैन : सरकार

सरकारले यसवर्षको दशैं तिहारमा खाद्यान्नको अभाव नहुने बताएको छ । सबै जिल्लामा खाद्यान्न पुगिसेकेको र पर्याप्त रहेकाले अभाव नहुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । केही जिल्लामा खाद्यान्न अभाव भएको गुनासा आएकाले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग जानकारी मागेर समस्या समाधानको प्रयास भैरहेको मन्त्रालयले जनाएको छ । जिल्लाका खाद्य डिपोले खाद्यान्न पर्याप्त भएको बताएपनि स्थानीयबासिन्दाले अभाव भएको गुनासो गरेपछि सरकारले प्रमुख जिल्ला अधिकारीसंग जानकारी माग्न लागेको हो...

Read More

काँग्रेस अनुशासन समितिले १८३ जनालाई अनुशासनको कारवाही गर्ने

संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले १८३ जनालाई अनुशासनको कारवाही सिफारिश गरेको छ | सिफारिस गरिएकाहरु मध्येमा केन्द्रीय सदस्य सुजाता कोइराला  सहित सभासद र पूर्वमन्त्रिहरु पनि छन् |   छानविन समितिले नेतृ कोइराला बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङ-१ का कांग्रेस उम्मेद्वार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको आरोप छ । उपाध्याय समितिका संयोजक हुन् । अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई सिफारिश सहितको  प्रतिवेदन बुझाएको हो  । नयाँ पत्रिकामा आज प्रकाशित समाचारमा  कांग्रेस नेतृ सुजाता कोइरालालाई उल्लेख गर्दै    गिरिजाबाबुको निर्वाचन क्षेत्रमा आफ्नै उम्मेद्वारलाई हराउन...

Read More

इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध तीव्र आक्रमण

अमेरिकी नेतृत्वमा इस्लामिक स्टेट बिद्रोही  बिरुद्ध  सिरिया केन्द्रित आक्रमण तीब्र पारिएको छ | अमेरिकी रक्षा केन्द्र  पेन्टागनका अनुसार लडाकु विमान, मानवरहित ड्रोन विमान तथा टोमाहक क्षेप्यास्त्रहरुले आइएसको मुख्य गढ रहेको सिरियाको  रक्का सहित कैयौँ स्थानमा प्रहार केन्द्रित गरिएको छ | संयुक्त राज्य अमेरिका र पाँच अरब देशहरुले एक साथ हवाइ आक्रमणहरु तीव्र पारेका हुन् । साउदी अरेबीया, संयुक्त अरब एमिरेट्स, जोर्डन र बहराइन इस्लामिक स्टेट बिद्रोही  बिरुद्धको यो आक्रमणमा युद्धक बिमानहरु सहित  सहभागी छन् | कतारले भने हाल सम्म आफ्ना लडाकु बिमान आक्रमणकै निम्ति पठाएको छैन | तर कतार पनि पूर्ण तयारीका साथ अमेरिकी नेतृत्वको यो कारवाहीमा सहभागी हुने पक्का पक्कि छ | सिरियाका  मानवअधिकारवादी...

Read More

ह्वाइट हाउसको डिनरमा मोदीले नखाने

आगामी शनिबार न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  अमेरिका  जाँदै छन्  | अमेरिका बसाइकै क्रममा  व्हाइट हाउसको डिनरमा सहभागी हुन अन्य देशका विशिष्ट पाहुना सरह  उनलाई पनि आमन्त्रण गरिने  छ | तर विशिष्ट पाहुना  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्हाइट हाउसको डिनरमा केहि नखाने अनुमान गरिएको छ |वाशिंगटन पोष्टले प्रकाशन गरेको एक समाचारमा रोनाल्ड रेगन को प्रशिद्ध भनाईलाई उल्लेख गर्दै  भनिएको छ ” अमेरिकामा हुने सबै  परिवर्तन  डिनर टेबलबाट नै सुरु हुन्छ |” तर   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  व्हाइट हाउस डिनर रित्तो प्लेटमा नै सिमित रहनेछ | व्हाइट हाउसको डिनरमा मोदीले किन खाँदैनन्  ? लगातार...

Read More

गंगामाया अधिकारीको जीवनरक्षाका लागि प्रयास गर्नुपर्यो : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीलाई अनसन तोड्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै अनसन तोड्न आग्रह गरेको हो । ‘न्याय प्राप्तिका लागि आमरण अनसनजस्तो कष्टकर उपाय त्यागी अन्य वैकल्पिक उपाय अपनाउन आयोग गंगामाया अधिकारीसँग अनुरोध गर्दछ, ’ विज्ञप्तिमा भनिएको छ । साथै आयोगले जीवनरक्षाका लागि गम्भीरतापूर्वक प्रयास गर्न सरकारसंग माग गरेको छ । मानवअधिकार आयोगले सशस्त्र द्धन्दकाल र त्यसपश्चात हुने गरेका मानव अधिकार उल्लंघनका घटनामा तत्काल अनुुसन्धान र अभियोजन नहुनु, न्यायप्रशासनमा ढिलासुस्ती तथा द्धिविधाग्रस्त एवम् उदासीन मनस्थितिले मानव अधिकारको प्रभावकारी संरक्षण र सम्मानमा कठिनाइ भएको जनाएको छ । साथै आयोगबाट भएका सिफारिसहरुको समयमै...

Read More