Category: समाचार

सार्क सम्मेलनको तयारीबारे मन्त्रिपरिषदमा छलफल हुँदै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बस्ने बैठकमा विशेष गरी नजिकिंदै गएको सार्क सम्मेलनको तयारी, सुरक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा  बिहान १० बजेपछि बस्ने जनाइएको छ...

Read More

जाजरकोटमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

जाजरकोटमा आज विहानै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट सुर्खेततर्फ जादै गरेको ना ३ ख १४०८ नम्बरको बस जाजरकोटको भुर गाविसस्थित भेरी नदीमा खसेर दुर्घटना भएको हो । मध्यपश्चिम यातायात व्यवसायीबाट सञ्चालिन बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २० भन्दा बढी घाईते भएको जाजरकोट प्रहरीले जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको छ...

Read More

आजको राशिफल :वि.सं.२०७१ साल मंसिर ४ गते। बिहीबार।

आज वि.सं.२०७१ साल मंसिर ४ गते। बिहीबार। सन् २०१४ नोभेम्बर २० तारिख। नेपाल संवत् ११३५ कछलागा। प्लवङ्ग संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। मार्ग कृष्णपक्ष त्रयोदशी तिथि, साँझ ५:४१ बजेपछि चतुर्दशी। राशी राशिफल असमझदारी बढ्ने धन लाभ विद्यामा सफलता धर्म रुची अपव्यय मित्र भेट पराक्रम बढ्ने ब्यबसायमा सफलता  परिवार सुख हर्ष बढ्ने स्वादिष्ट भोजन अधुरो काम...

Read More

सार्क शिखर सम्मेलन अवधिभर देशका मुख्य शहरहरू झिलिमिली

उर्जामन्त्री राधा ज्ञवालीले १८ औँ सार्क शिखर सम्मेलन अवधिभर देशका मुख्य शहरहरू लोडसेडिङ मुक्त हुने उद्घोष गर्नुभएको छ । काठमाडौमा आज आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सम्मेलन अवधीभर राजधानी काठमाडौसहित राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले भ्रमण गर्ने जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पूर्णरूपमा लोडसेडिङ मुक्त हुने बताउनुभएको हो । यसका लागि भारतबाट ५ सय मेगावाट विद्युत मागेको र त्यसमध्ये १ सय ७० मेगावाट विद्युत आयात भइरहेको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो । यसका साथै लोडसेडिङ कम गर्नका लागि निर्माणाधिन आयोजनाहरूको काम छिटो सम्पन्न गर्ने, साना आयोजना निर्माण गर्न सहयोग गर्ने, बुढीगण्डकी र नर्सिङ्गाड जस्ता आयोजनाका कामहरू तत्काल अगाडि बढाउने उहाँको भनाई...

Read More

२० हजार बालबालिका यौन बजारमा यौनहिंसा सहन बाध्य

बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाईदै छ । हरेक बर्षको १९ नोभेम्वरलाई बाल दुर्व्यवहार विरुद्धको दिसका रुपमा मनाउने गरिन्छ । नेपाल प्रहरीमा सन् २०१२÷१३ मा परेका ७ सय १ उजूरी मध्ये ४९ दशमलब ६४ प्रतिशत घटना १८ वर्ष मुनिका बालबालिकालाई भएको थियो । त्यसैगरी सेभ दि चिल्ड्रेनले सन् २००३ मा काठमाण्डौ उपत्यकामा गरेको अध्ययन अनुसार ४५ प्रतिशत बालबालिकाहरु बालयौन दुर्व्यवहारमा परेको पाइएको छ । यस्तै चायल्ड रीच नेपालले गरेको अध्ययन अनुसार नेपालका २० हजार बालबालिका विभिन्न देशका यौन बजारमा यौनहिंसा सहन बाध्य भएका छन् । नेपालमा बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा र दुर्व्यवहारबारे प्रष्ट...

Read More