Category: समाचार

जातीय आधारमा संघीयता हुँदै हुँदैन : नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामि मंसिरसम्म सहमतिको लािग प्रयास हुने स्पष्ट गर्नुभएको छ । आज काठमाण्डौमा आयोजित साक्षात्कारमा उहाँले मंसिर महिनासम्म पनि सहमति नभए प्रक्रियामा गएरै संविधान बनाईने दावी गर्नुभयो । काग्रेस र एकीकृत माओवादीले आट गर्ने हो भने माघ ८ भित्रै संविधान जारी गर्ने गरि सहमति बन्न सक्ने भन्दै आट गरेर अघि बढ्न आग्रह गर्नुभयो । नेपालले संघीयता सामथ्र्य र पहिचानको आधारमा हुने दावी गर्दै जातीय आधारमा संघीयता हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो...

Read More

लक्ष्मी प्रसन्न पार्ने दिन, लक्ष्मिपुजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङघार, कौसी, र भ¥याङग लगायतका स्थानमा सरसफाइ गरी दीपावली समेत गर्ने गरिन्छ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ ।  लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला...

Read More

संविधान निर्माणपछि देश विकासको नयाँ चरणमा प्रवेश गर्छ : कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्य सकिएपछि देश विकासको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैले तोकिएको समयमै संविधान लेखनको कार्यलाई पूर्णत दिन सबैको साथ आवश्यक भएको प्रधानमन्त्री कोइरालाले उल्लेख गर्नुभएको छ । शुभ दिपावलीको अवसरमा शुभ कामना सन्देश दिनुहुँदै उहाँले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि जनताले गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई संस्थागत गर्ने जिम्मेवारीलाई पूरा गर्न सबैले साथ दिनुपर्ने खाँचो आल्याउनुभएको हो...

Read More

सिरियाली विरोधीहरुमाथि कार्वाही तीब्र

सिरियाली सेनाले पछिल्लो ३६ घण्टामा विरोधीहरुमाथि कार्वाही तीब्र बनाएको छ । विरोधीहरु रहेको विभिन्न स्थानमा सेनाले दुई सयभन्दा बढी आक्रमण गरेको आरोप विपक्षीहरुले लगाएका छन् । पश्चिमी क्षेत्रमा सेनाले ठूलो हवाई कार्वाही गरेको सिरियाई मानवअधिकारवादी संस्थाले जनाएको छ । घटनामा कति व्यक्ति हताहत भए भन्ने केही खुलाइएको छैन । अमेरिकी नेतृत्वमा रहेको सेनाले सिरिया र इराकमा सक्रिय इस्लामिक स्टेटका लडाकूविरुद्ध हवाई कार्वाही गरिरहेकै समयमा सिरियाले आफ्ना विरोधीविरुद्ध पनि आक्रमण तीब्र बनाएको हो...

Read More

यसपाली नि झ्याम्मै सिस्नुपानी

शुभ दिपावलीको अवसर पारेर खेलिने देउसी भैलोको दायरा परम्परागत  शब्द लय र शैलीमामा मात्र सिमित नभई सामजिक सचेतना, मनोरन्जन र हास्यव्यंग्य समेत समेटिन थालेको छ | पछिल्ला वर्षहरुमा सिस्नुपानी समूहका हास्यव्यंग्यकारहरुको एक संगठित समूहले हरेक बर्षको देउसी भैलो मार्फत व्यंग्यात्मक शैलीमा आफ्नो देउसी प्रस्तुत गर्ने गरेको छ | सदाको बर्ष जस्तै यसपटक कमलादी स्थित प्रज्ञा भवनमा बुधबार साँझ पुगेका सिस्नुपानी देउसेले देशमा वर्षभरि  भएका राजनीतिक तथा  सामाजिक बेथितिका विरुद्ध शब्द समेटिएका व्यंग्यात्मक देउसी प्रस्तुत गरिरहँदा दर्शक दीर्घमा बसेका पाहुनाहरु आफै माथि प्रहार भएको व्यंग्य सुनेर मुसुमुसु हास्दै थिए | संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, विभिन्न दलका नेतादेखि मुख्य सचिवसम्मलाई प्रज्ञाप्रतिष्ठानमा...

Read More