Category: ताजा खबर

हार्बर इन्टरनेशनल कलेजबारे प्रकाशित समचारप्रति भूल सुधार र आत्मालोचना

मेलबर्न । अष्ट्रेलियाको हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकायका बारेमा हिमालयन कङ्गारुले यसअघि प्रकाशन गरेको समाचारबाट कलेज सञ्चालकमा परेको व्यवसायिक चोट र विद्यार्थीहरुमा उत्पन्न भएको अन्यौलप्रति हार्दिक क्षमा याचना गर्दै भूल सुधार गर्दछौं । स्वतन्त्र रुपमा प्राप्त रिपोर्टलाई सम्पादकीय पुष्टि विना नै असावाधनीपूर्वक समाचार प्रकाशन भएको निष्कर्षसहित हिमालयन कङ्गारुले उक्त समाचार हटाइसकिएको व्यहोरा पनि अवगत गराउदछु ।...

Read More

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जित

काठमाडौं । ओपनर जोए रुटले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ । साउथह्याम्पटनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ९ विकेटको सहज जित हात पारेको हो । वेस्ट इन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ९३ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका रुट १ सय रनमा अविजित रहे । क्रिस वोक्स ४० रनमा आउट भए । बेन स्टोकले १० रन जोडे । वेस्ट इन्डिजका दुवै विकेट सानम ग्याब्रियलले लिए । घरेलु टोली इंग्ल्यान्डले...

Read More

अमेरिकी सपनाका कारण तस्करको जालमा यसरी फस्छन् नेपाली

काठमाडौं । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्‍याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ। मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन्। उनलाई अमेरिका पठाउने गिरोहका...

Read More

प्रधानमन्त्री ओलीको बेलायत भ्रमण खल्लो,गलत समय र पर्याप्त तयारी नपुगेको निष्कर्ष

काठमाडौं । झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन । बेलायत महारानीसँग पनि भेट हुन सकेन । बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ । कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहरु गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन् । प्रधानमन्त्री ओलीले महारानीको...

Read More

महिला सांसदमाथि थप्पड प्रहार

एजेन्सी । केन्यामा एक सांसदले एक महिला सांसदलाई थप्पड प्रहार गरेका छन् । त्यसपछि थप्पड प्रहार गर्ने सांसदलाई प्रहरीले पक्राउ गरेको छ । राशिद कासिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी महिला सांसदलाई थप्पड प्रहार गरेका हुन् । फातुमाले राशिदको संसदीय क्षेत्रका लागि बजेट बिनियोजन नगरेको भन्दै राशिदले थप्पड प्रहार गरेका हुन् । थप्पड प्रहारबाट फातुमाको अनुहारबाट रगत बगेको थियो । रगत बग्दै गर्दा उनी रोएको तस्बिर सामाजिक सञ्जालमा तीव्र गतिमा सेयर भएको छ । घटनापछि महिला सांसदले संसदबाट वाकआउट गरे । पुरुष सांसदले भने उनको मजाक उडाइरहेका थिए । राशिदले फातुमालाई संसद भवनको कार पार्क गर्ने क्षेत्रमा...

Read More