Category: विश्व खबर

अफगानिस्तानमा बम विस्फोट,कम्तिमा १४ को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक प्रहरी चौकीको बाहिरी क्षेत्रमा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । घटनामा झण्डै १५० जना घाइते भएका छन् । बिस्फोटका कारण आसपासका भवन ध्वस्त भएका छन् । घाइतेमा अधिकांश सर्वसाधारण नागरिक छन् । तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । तालिबान र अमेरिकाबिच शान्ति वार्ता जारी रहेका बेला आक्रमण भएको हो । जारी शान्ति वार्ताको उद्देश्य झण्डै १८ वर्षदेखि जारी हिंसा अन्त्य गर्ने रहेको छ । दुवै पक्षले वार्ता सकारात्मक रहेको बताएका छन् । तर यहिबिचमा बम बिस्फाट भएको हो । आक्रमणमा कार बम प्रयोग भएको अफगानिस्तानको गृह मन्त्रालयले बताएको...

Read More

किर्गिस्तानका पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल

एजेन्सी । किर्गिस्तानका सुरक्षाकर्मीले पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको छ । किर्गिस्तानका सुरक्षाकर्मीको समूह पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न उनको घर पुगेको थियो । तर अताम्बेवका समर्थकहरुले सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् । सुरक्षाकर्मी र अताम्बेवका समर्थकबिच केही बेर झडपको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। झडपको क्रममा गोली लागेर घाइते भएका एक सुरक्षा अधिकारीको निधन भएको जनाइएको छ । पूर्व राष्ट्रपति अताम्बेव अझै पनि आफ्नो निवास भित्रै रहेका छन् । अताम्बेवमाथि भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो । किर्गिस्तानको राष्ट्रिय सुरक्षा...

Read More

जम्मु कस्मिर टुक्राइयो, विशेष अधिकार खारेज

भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरिएको छ।  राष्ट्रपति रामनाथ कोविन्दले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारतको संविधानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ खारेज गरेको सूचना जारी गरेकोबारेको जानकारी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशको माथिल्लो सदन लोकसभालाई गराएसँगै यो विषय बाहिरिएको थियो। भारतको संविधानको धारा ३७० लाई अति नै संवेदनशील मानिन्छ किनभने सोही धाराले मुसलमान बाहुल्य रहेको उत्तरी राज्य जम्मु–कस्मिरको महत्वपूर्ण स्वायत्तता प्रदान गरेको थियो। भारत सरकारले जम्मु–कस्मिरका बासिन्दाबाहेक अन्यले सो क्षेत्रमा सम्पत्ति किन्न नपाइने यसअघिको प्रतिबन्ध पनि फुकुवा गरेको छ। यो निर्णयसँगै अब भारतीय...

Read More

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० को मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन् । बीबीसीका अनुसार टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताएका छन् । उनले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोली चलेको हो। यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । ती आरोपी व्यक्तिको नाम प्याट्रिक क्रुसियस...

Read More

राजधानीमै सैनिक क्याम्पमा आक्रमण,३२ सैनिकको मृत्यु

एजेन्सी । यमनको राजधानी आदेनमा भएको विस्फोटमा परी कम्तीमा ३२ सैनिकको ज्यान गएको छ । आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सैनिक ब्यारेकमा आयोजना गरिएको परेडमा अचानक विष्फोट भएको समाचार एजेन्सीहरुले जनाएका छन् । आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सैनिक अधिकारीसमेत रहेको बताइएको छ । आक्रमणको जिम्मा यमनमा सक्रिय विद्रोही समूह हुथीले लिएको छ । राजधानी सानामा कब्जा जमाएको हुथी विद्रोहीनिकट अल मशिरा टेलिभिजनलका अनुसार मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र एवं चालकरहित ड्रोनबाट आक्रमण गरिएको हुथी विद्रोहीको दावी छ । उक्त सैनिक परेड यमनको ताइज र दालेआ शहरमा आक्रमणका लागि...

Read More