Category: विश्व खबर

अहिलेसम्मकै शक्तिशाली समुद्री आँधी डोरियन बहमास पुग्यो

एजेन्सी । शक्तिशाली समुद्री आँधी डोरियनका कारण बहमासको जनजीवन प्रभावित भएको छ । डोरियन आँधीका कारण बहमासको उत्तर–पश्चिमी क्षेत्रमा बढी प्रभाव परेको छ । हाल यो आँधी क्याटगोरी फाइभको रहेको जनाइएको छ । आँधीका कारण २८५ किलोमिटर प्रति घण्टाको गतीमा हावा चलेको छ । आँधीले गर्दा बहमासमा ल्याण्डफल भएको छ । अमेरिकाको नेशनल हरिकेन सेन्टर (एनएचसी) का अनुसार डोरिना आँधी अति खतरनाक रहेको जनाएको छ । आधुनिक समयमा सो क्षेत्रमा आएको यो सबैभन्दा भयानक आँधी रहेको एनएचसीले उल्लेख गरेको छ । आँधीको मार्गमा पर्ने बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण २३ फिटसम्म अग्लो समुद्री छाल आउन...

Read More

ट्वीटरका मालिककै ट्वीटर एकाउन्ट ह्याक

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरका संस्थापक मध्येका एक तथा प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको खुलेको हो । चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए । ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने...

Read More

कश्मीरको अवस्था निकै नाजुक र खतरनाक हुने : चीन

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ । पाकिस्तानले भारतीय कदमको विरोध गर्दै सुरक्षा परिषदलाई चिट्ठी लेखेपछि यो अनौपचारिक बैठक भएको हो । बैठकमा भएको छलफलका बारेमा स्पष्ट जानकारी या औपचारिक जानकारी आएको छैन । तर बैठकपछि भारत, चीन र पाकिस्तानका राजदूतहरुले पत्रकारसँग कुरा गरे । संयुक्त राष्ट्रसंघमा भारतीय राजदूत सैयद अबबरुद्दीनले धारा ३७० सम्बन्धी विषय आन्तरिक मुद्दा रहेको र यसमा बाहिरका देशको कुनै सम्बन्ध नरहेको बताए । भारतले...

Read More

दक्षिण कोरियासँगको शान्ति वार्ता उत्तर कोरियाद्धारा अस्वीकार

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ । दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले बिहीबार दिएको भाषणको प्रतिक्रिया दिन उत्तर कोरियाले शुक्रबार वक्तव्य जारी गरेको हो । जसमा दक्षिण कोरियाका पछिल्ला गतिविधि अस्वीकार्य रहेको र यस्तो अवस्थामा कुनै किसिमको वार्ताको सम्भावना नरहेको उल्लेख गरिएको छ । दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको...

Read More

अमेरिकाको ग्रीनकार्डमा थप कडाइ, उच्च आयस्रोत देखाउनुपर्ने

मेलबर्न । अमेरिकाले नेपालीहरुलाई समेत प्रभावित बनाउने गरी नयाँ आप्रवासन नियम ल्याएको छ । नयाँ नियमअनुसार अमेरिका जान चाहने नेपालीहरुले यसअघि लागू भएभन्दा अधिक आयस्रोत देखाउनु पर्नेछ । नयाँ आप्रवासन नियम अनुसार अमेरिकामा वैध रुपमा बसोबास गरिरहेका आप्रवासीले कुनै सामाजिक कार्यक्रमबाट फाइदा लिइरहेको भए उनीहरु अमेरिकी स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्डका लागि अयोग्य हुनेछन् । त्यस्तै, अमेरिका प्रवेश गर्नुभन्दा पहिले सम्भावित आप्रवासीले अध्यागमन अधिकारीलाई आफूले कुनै सामाजिक कार्यक्रमबाट फाइदा नलिने विश्वस्त पार्नुपर्ने नयाँ नियममा उल्लेख छ । त्यसो गर्न नसकेको खण्डमा आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिइने छैन । यो नियम अमेरिका आउन चाहने सम्भावित आप्रवासी वा अमेरिकामा बसोबास गरिरहेका तर,...

Read More