Category: विश्व खबर

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो, अमेरिकामा संक्रमितको संख्या ४ लाख ३४ हजार बढी (अपडेट)

काठमाडौं – विश्वव्यमपी रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५७ पुगेको हो ।  त्यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख १८ हजार २३ पुगेको छ । त्यस्तै विश्वभरमा  कोरोनाबाट संक्रमित भएका ३ लाख ३० हजार ३ सय ५७ जना निको भएका छन् ।  कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । हालसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ । त्यस्तै...

Read More

निगमको वाइडबडी अष्ट्रेलिया प्रस्थान

  काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तब्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।  आरए उडान नं ४१३१ को वाइड बडी जहाजले अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकका निम्ति उद्धार उडान गर्न लागेको निगमका अपरेशन...

Read More

अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि परामर्शदाताको अपिल

चैत्र १९ मेलबर्न अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि राहत र सहयोग गर्न नेपाली परामर्शदाताले आग्रह गरेका छन् । नेपाल र अष्ट्रेलियामा नेपाली विद्यार्थी समुदायका लागि शिक्षा परामर्शका पाँच वटा छाता संगठनको सामूहिक प्रतिनिधि (इक्यान, आइरिन, फेकोन, नायर र एका)ले प्रेस विज्ञप्ति जारी गरी अष्ट्रेलियाका शिक्षा प्रदायक, सरकारी एजेन्सी र सम्बन्धित सरोकारवालासमक्ष सहयोगको लागि आग्रह गरेको हो । कोरोना भाइरसका कारण अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको काम कटौति भएपछि मर्कामा परेका छन्। अष्ट्रेलियन सरकारले स्थानीय व्यापार र नागरिकका लागि राहत प्याकेज घोषणा गरे पनि धेरै अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरू छन् जसका लागि तत्काल सहयोगको खाँचो छ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आफ्नो अध्ययन जारी राख्न...

Read More

अष्ट्रेलियामा लक डाउनको चपेटोमा नेपाली बिद्यार्थीहरु

चैत्र १९, मेलबर्न  कोरोना भाइरसका कारण अष्ट्रेलिया लक डाउन भएपछि यसको प्रत्यक्ष प्रभाव बाहिरका विद्यार्थीमा देखिन बढि थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत रहेका छन् । सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरेपछि देशभरका क्लब, खेलकूद, धार्मिक केन्द्र, सिनेमाघर, मनोरन्जनस्थल र रेस्टुरेन्टहरु बन्द छन् । त्यहाँ काम गर्ने नेपालीसहित हजारौं विद्यार्थी बेरोजगार भएका छन् । अहिले समग्र मुलुकनै लक डाउन हुँदा बेरोजगारीको समस्याले नेपाली विद्यार्थीलाई पनि नराम्ररी असर पारेको छ । महँगो घरभाडा, खाद्यान्न अभाव र रोगको त्रासले विद्यार्थीमा आर्थिकदेखि मानसिक समस्या समेत देखिन थालेको छ । बिहान बेलुका के...

Read More

अस्ट्रेलियाका नेपाली विद्यार्थीको प्रश्नः जागिर गयो, संकट गहिरिदैं छ, महँगो शुल्क कसरी तिर्ने ?

हेमन्त काफ्ले सिड्नी, चैत १५  सन् २०१९ मा बिद्यार्थी भिषामा सिड्नीमा आएकी सुनिता ब्लोन तामाङ अष्ट्रेलियाको पढाइ,बसाइ र कामबाट सन्तुष्ट थिइन्।  तर अष्ट्रेलियामा दुई हप्ता अघिदेखि देखिएको कोरोना भाइरसको संक्रमणले उनको पढाइ त बन्द भयो नै रेष्टुरेण्टको काम पनि बन्द भयो जसका कारण अहिले उनी वेरोजगार बनेकी छन्। ‘अचानक देखिएको रोगको महामारीले यसरी सबै चिज ठप्प हुँदा म मात्र होइन मेरा कैयन् सहपाठीहरु पनि बेरोजगार भएका छन भने शैक्षिक अन्यौल पनि बढेको छ’, तामाङले भनिन्।  पछिल्लो एक हप्तामा उनले विभिन्न स्थानमा क्याजुअल र अन्य काम खोजे पनि पाउन सकेकी छैनन्। यो समस्या तामाङको मात्र हैन , यस मुलुकमा रहेको...

Read More