Category: विशेष

लन्डनमा भीषण आगलागीमा १२ को मृत्यु, सयौं फसेको आशंका

लन्डन । पश्चिम लन्डनको आवासीय ‘ग्रिनफिल टावर ब्लक’ मा बुधबार बिहान सुरु भएको भीषण आगलागीबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । उद्धारकर्ताले बुधबार अबेरसम्म ६५ जनालाई उद्धार गरेका छन् । घाइते धेरैलाई अस्पताल लगिएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । बुधबार अबेरसम्म उद्धारकार्य जारी छ । भवनभित्र करिब २ सयजना बस्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने त्यहाँ ६ सयभन्दा बढी व्यक्ति बस्दै आएको बताएका छन् । एक सय २० फ्ल्याट रहेको भवनमा ६ सय व्यक्ति हुनु सामान्य रहेको उनीहरूको भनाइ छ । सबै सुतिरहेका बेला बिहानपख आगलागी भएकाले कोही...

Read More

अष्ट्रेलियामा एक लाख मानिस घरबारविहीन

मेलबर्न । अष्ट्रेलियामा एक लाख भन्दा बढी मानिस घरबारविहीन रहेको तथ्य बाहिर आएको छ । सामजिक अनुसन्धानकर्ता डा. क्याथरिन रबिन्सनले यस्तो तथ्य सार्वजनिक गरेकी हुन् । घरवारविहीन अष्ट्रेलियावासीका अनुसार अष्ट्रेलियाका सहरहरुमा घर किन्नको लागि घररजमिनको उपलब्धता धेरै न्यून छ । घर किन्न पाएपनि अचाक्ली महँगो भएको कारण आफूहरुको आम्दानीले धान्न नसक्ने उनीहरुको गुनासो छ । परिवार सहितका अष्ट्रेलियनहरुलाई शहरदेखि बाहिर अथवा गाउँ क्षेत्रमा गएर बस्नको लागि छोरा छोरीको स्कुल तथा आफ्नो काम सहरमा हुने हुँदा असम्भव जस्तै हुन्छ । शहरमा भाडामा बस्नकोलागि छोरा छोरी सहितको परिवारलाई फ्ल्याट भाडामा दिने एकदमै कम हुन्छन् । यसले गर्दा भाडामा घर पाउन पनि...

Read More

अष्ट्रेलियाका लागि नव नियुक्त राजदूत लक्की शेर्पाद्वारा कार्यभार ग्रहण

मेलबर्न। अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत लक्की शेर्पाले आफ्नो कार्यालयको कार्यभार ग्रहण गर्नुभएको छ । गत शुक्रबार मात्र अष्ट्रेलिया आउनुभएकी शेर्पाले मंगलबार देखि आफ्नो कार्यभार ग्रहण गर्नुभएको हो । राजदूत शेर्पाको नियुक्तिले लामो समयपछि अष्ट्रेलियाका लागि नेपाली राजदुतको  रिक्तताको अन्त्य भएको छ । गत वर्ष मे महिनामा राजदूत रूद्रकुमार नेपालको कार्यकाल सकिएपछि दूतावास कार्यालय कामुको भरमा चल्दै आएको थियो । गत वर्ष तत्कालिन ओली सरकारले लक्की शेर्पालाई अष्ट्रेलियाका लागि नेपालको राजदूतमा सिफारिस गरेको थियो । तर, सरकार फेरिएपछि स्थगित भएको राजदूत नियुक्ति प्रक्रिया प्रचण्ड सरकारले सुरु गरेको थियो । त्यसपछि भएको सर्वोच्चको आदेश र संसदीय सुनवाई समितिको अनुमोदन पछि...

Read More

२०१७ मा नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारतलाई पनि उछिन्यो

काठमाडौं । सन् २०१७ (आर्थिक वर्ष ०७३(७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो । लोडसेडिङ अन्त्य, अनुकूल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनको विश्लेषण छ । गत आर्थिक वर्ष सन् २०१६ मा नेपालको आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत...

Read More

अष्ट्रेलियाको सिड्नीमा काठमाडौंबाट नेपाल एयरलाइन्सको सीधा उडान

काठमाडौं । नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको अष्ट्रेलियामा काठमाडौंबाट सीधा उडान भर्ने अन्तिम तयारी भएको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौंदेखि अष्ट्रेलियाको सिड्नीसम्म सीधा उडान सेवा शुरु गर्न लागेको हो । सिड्नीको साथै साउदीको दमाम, कोरियाको सिओल र जापानको टोकियोमा समेत उडान भर्ने निगमको योजना छ । यसका लागि निगमले नयाँ दुई एयरबस खरिदको अन्तिम तयारी गरेको छ । विमान खरिदकालागि वित्तीय स्रोत समेत जुटिसकेको निगमले जनाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार नागरिक लगानी कोषले पनि निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्दैछ । निगमले...

Read More