Category: विशेष

सिंहरबारमा छड्के, पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसिचव र अन्य विभिन्न तहका पाँचसय २१ कर्मचारीले कार्यालयमा उस्थित हुनुपर्ने समय र लगाउनु पर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ । छड्के निरीक्षणका क्रममा कार्यालय समयभन्दा ढिला र कार्यालय पोसाक नलगाई आउने कर्मचारी १८ जना सहसचिव रहेका छन् । उनीहरुमध्ये अर्थ, कृषि विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सहसचिवहरु छन् । सतर्कता केन्द्रले ती सहसचिवलाई विभागीय कारबाही गरी हाजिरी क्टटा गरी...

Read More

क्विन्सल्याण्डले इन्टरस्टेट भिसाको लागि इन्भिटेसन नदिने

मेलबर्न। क्विन्सल्याण्ड राज्यले इन्टरस्टेट भिसाको लागि इन्भिटेसन नदिने घोषणा गरेको छ । क्विन्सल्याण्डले सबक्लास १९० र सबक्लास ४८० को लागि इन्भिटेसन नदिने भएको हो । राज्य सरकारको आधिकारिक वेबसाइटबाट यो सुचना जारि गर्दै इन्टरस्टेट भिसाको लागि आवेदन दिन नसकिने बताएको छ । यसको साथै, स्टेट नोमिनेसनमा आवेदन दिने चाहनेले क्विन्सल्याण्डमा काम गरेको हुनुपर्ने बताइएको छ । स्टेट नोमिनेसनको लागि आवश्यक मापदण्ड यी लिंकमा हेर्न सकिन्छ : Working in Queensland Queensland Postgraduate Alumni राज्यले बुझिसकेको आवेदन भने मान्य हुने र भिसा प्रक्रियामा जाने बताइएको छ । तस्बिर, समाचार स्रोत : SBS...

Read More

अष्ट्रेलियाको नागरिकताको लागि परिक्षामा गत वर्ष करिब २ हजार जना भएका थिए फेल

मेलबर्न । अष्ट्रेलियाको नागरिकताको लागि आएको नयाँ नियम फेल भएको छ जसलाई कडा नियम र सजिलोसंग परिक्षा पास गर्न नसकिने नियम भनिएको थियो । तर SBS News का अनुसार, पुरानै नियममा पनि आवेदन दिने धेरै मानिस फेल भएका छन्। २०१६/१७ मा नागरिकताको लागि आवेदन दिएकामध्ये १८ सय ६६ जना फेल भएका थिए । जसमा तिन पटक भन्दा बढी फेल भएकाहरुको संख्या १७ सय ५९ रहेको छ । फेल भएको नागरिकता सम्बन्धिको प्रस्तावमा तीन पटक पटक सम्म फेल हुनेहरुले २ वर्षसम्म फेरी परिक्षा दिन नपाउने नियम थियो । गत वर्षको यो आंकडा हेर्दा, यदि नागरिकता सम्बन्धि नयाँ प्रस्ताव पारित भएको भए, धेरै जना...

Read More

वाम गठबन्धनको घोषणापत्रः ‘१० वर्षमा गरिबीमुक्त मुलुक’

काठमाडौं । ‘गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ भन्ने मूल नारा राख्दै एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र तयार गरेको छ । आगामी १० वर्षभित्र गरिबीको रेखामुनि रहेका सबैलाई मुक्त गर्ने महत्त्वाकांक्षी लक्ष्य वामपन्थी गठबन्धनले बोकेको छ । भूकम्प र नाकाबन्दीपछि करिब २५ प्रतिशत हाराहारीमा रहेको गरिबीलाई दस वर्षभित्रै निर्मूल पार्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । दुई दिनअघि वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी दल कांग्रेसले १० वर्षमा गरिबी ३ प्रतिशतभन्दा कममा सीमित गर्ने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । हाल गरिबीको रेखामुनि २१ प्रतिशत जनसंख्या रहेको आधिकारिक तथ्यांक छ । भूकम्प र नाकाबन्दीपछि वृद्धि भई करिब २५ प्रतिशत हाराहारी पुुगेको अनुमान गरिएको...

Read More

दश घण्टा नबित्दै इन्धनको मूल्यवृद्धि फिर्ता

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने निर्णय फिर्ता लिएको छ । आयल निगमको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय फिर्ता गरेको हो । इन्धनको मूल्य बढाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएपछि निगमले मुल्य बढाउने निर्णय फिर्ता गरेको बताइएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, खाना पकाउने ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ, डिजेलमा एक रुपैयाँ ५० पैसा बढाउने निर्णय गरेको थियो...

Read More

Cake To Nepal

फेसबुक