Category: विशेष

गरिब देशका धनाढ्य मन्त्रीहरू !

काठमाडौं । एकतिहाइ नेपालीलाई बिहान–बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन। देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा...

Read More

धुर्मुसले आफ़ो जन्मदिनमा राष्ट्रलाई दिए अर्को उपहार !

काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो जन्मदिन पारेर अर्को ‘एकीकृत नमूना सन्तपुर बस्ती’को शिलान्यास गरेका छन्। आज बुधबार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्त रुपमा चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर गाउँका ४५ बाढी प्रभावितका लागि ‘धुर्मुस-सुन्तली फाउन्डेसन’को चौथो परियोजना अन्तर्गतको एकीकृत नमूना सन्तपुर बस्ती शिलान्यास गरेका हुन् । फाउन्डेसनका अध्यक्ष धुर्मुसका अनुसार बस्तीको काम असोज ४ गतेबाट सुरु भएर माघ २४ गते हस्तान्तरण हुनेछ र बस्ती निर्माणका लागि ५ करोड ७५ लाख रुपैयाँ लाग्नेछ । सन्तपुर गाउँ बाढीबाट प्रभावित र समुदाय पनि पीछडिएका कारण यसै...

Read More

शान्तिकालागि साथै रहौं भन्ने नाराहित तेस्रो विश्व शान्ति सम्मेलन सम्पन्न, पत्रकार दीपेन्द्र तामाङ शान्ति दूत नियुक्त

सोल,दक्षिण कोरिया । विश्वशान्तिकालागि आशा जारी राखौं । शान्तिकालागि साथै रहौं भन्ने नारासहित दक्षिण कोरियामा आयोजित तेस्रो विश्व शान्ति सम्मेलन सम्पन्न भएको छ । आइतवार शुरु भएको सम्मेलन अन्तर्गत सोमवार भव्य शान्ति महोत्सव आयोजना गरिएको थियो । सोलमा अवस्थित ओलम्पिक रंगशालामा आयोजित शान्ति महोत्सवमा विभिन्न आकर्षक झाँकीहरु प्रदर्शन गरियो । सो अवसरमा नेपाल सहित संयुक्त राष्ट्र संघमा आवद्द सबै सदस्य राष्ट्रहरुको झण्डासहितको परेड प्रदर्शन गरिएको थियो । महोत्सवलाई विभिन्न धर्मका धर्म गुरुहरु र विभिन्न देशका उच्च पदस्थ नेताहरुले सम्बोधन गरेका थिए ।   त्यसक्रममा वक्ताहरुले संयुक्त राष्ट्र संघीय घोषणापत्रको पूर्ण कार्यान्वयनपछि मात्र विश्व शान्तिको सपनाले पूर्णता पाउने बताए ।...

Read More

अष्ट्रेलियामा १० वर्ष अघि हराएका मण्डल अझै भेटिएनन्, खोजको लागि इमिग्रेसनलाई आग्रह गरिने

मेलबर्न । अष्ट्रेलियामा स्टुडेन्ट भिसामा आएका नेपालका प्रभाकर कुमार मण्डल दश वर्ष देखि हराइरहेका छन् । सिराहा घर भएका उनी प्रहरीले खोजी कार्य तिव्र पार्दा पनि अझै भेटिएका छैनन् । सन् २००७ देखि परिवारको सम्पर्कमा नआएका उनलाई प्रहरीले पत्ता लगाउन नसकेपछि इमिग्रेसन तथा बोर्ड प्रोटेक्सन विभागलाई खोजिदिन आग्रह गरिने भएको छ । सम्पर्कमा नआएपछि उनको परिवारले खोजिदिन आग्रह गर्दै दुतावासमा निवेदन दिएको थियो । निवेदनमा प्रभाकर पर्थमा बस्ने उल्लेख गरिएको थियो । सोही अनुसार प्रहरीले खोजी कार्य अगाडी बढाउँदा उनी बारे केही पत्ता नलागेपछि अध्यागमन विभागलाई उनी अष्ट्रेलिया प्रवेश गरेको र अष्ट्रेलियाबाट बाहिर गएको बारे अनुसन्धान गर्न आग्रह गरिने...

Read More

‘७३ प्रतिशत मत खस्यो, पाँच दिनमा नतिजा सार्वजनिक गर्छौँ’

काठमाडौँ । निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मतदान भएको जानकारी दिएको छ । सोमबार साँझ निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर मूख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नुभयो, ‘उत्साहजनक सहभागितामा ७३ प्रतिशत मतदान भएको छ । हामी पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौँ ।’ प्रमुख आयुक्त यादवले यो निर्वाचनमा दलित र महिलाको उत्साहजनक सहभागिता भएको भन्दै यसले लोकतन्त्रलाई अझै बलियो बनाउने बताउनुभयो । ‘मतपेटिका संकलन गर्ने काम भइहेको छ, आजै राति वा भोलि बिहानबाट मतगणना सुरु हुनेछ’, यादवले भन्नुभयो, ‘हामी पाँच दिन भित्रै सार्वजनिक गर्ने तयारीमा छौँ ।’ यादवले निर्वाचनका क्रममा नक्कली मत...

Read More