Category: विशेष

स्थानीय तहको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आइतबार हुन गैरहेको स्थानीय तहको निर्वाचन सफल बनाउन आहृवान गर्नुभएको छ । शनिबार मतदाताको नाममा जारीे सन्देशमा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आहृवान गरिएको छ । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ ।’ यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने विश्वास आफूलाई रहेको पनि सन्देशमा उल्लेख छ । राष्ट्रपतिले उत्साह र उमंगका साथ निर्वाचनमा सहभागी भई संविधान प्रदत्त वालिग मताधिकार प्रयोग...

Read More

अष्ट्रेलियाको भिसा शुल्कमा वृद्धि,अन्तर्राष्ट्रिय विद्यार्थीलाई भार

मेलबर्न । ४५७ भिसा र नागरिकताको कडाइपछि अष्ट्रेलियन सरकारले भिसा शुल्कमा भारी वृद्धि गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबुल सरकारले आगामी जुलाई एक तारिखदेखि लागू हुने गरी आफ्नो भिसा शुल्कमा बृद्धि गरेको हो । विद्यार्थीको भिसा शुल्क ५ सय १० बाट बढाएर ५ सय ६० बनाइएको छ भने डिपेन्डेन्टको भिसा फीमा ४ सय १० बाट ४ सय २० डलर बनाइएको छ । हरेक भिसामा औसतमा दश बिस रुपैयाको बृद्धि देखिए पनि अन्तर्राष्ट्रिय बिद्यार्थी भने मारमा पर्ने देखिएको छ । रिजनल स्पोन्सर भिसा शुल्क पनि बढाएर ६ सय ७० डलर बनाइएको छ । यसअघि तीन हजार ६ सय डलर शुल्क...

Read More

चितवन र कैलालीमा भेटिएको बम निस्क्रिय

कैलाली । धनगढीका दुई स्थानमा शनिबार बिहानै फेला पारिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको थियो । बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको प्रहरीले जनाएको छ । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ । धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द...

Read More

अष्ट्रेलियामा कमनवेल्थ बैंकका ग्राहकहरु ठगिने क्रममा वृद्धि,यसरी ठगिन्छन् ग्राहक

मेलबर्न । अष्ट्रेलियामा पछिल्लो समय कमनवेल्थ बैंकका ग्राहकहरु ठगिने क्रम बढेको छ । व्यक्तिगत मोबाईल फोनमा “आई कान्ट हियर यू” नामक सन्देश पठाइ ठगी गर्ने श्रृंखला चलेको एमएनटिभीले जनाएको छ । कमनवेल्थ बैंकका ग्राहकहरुलाई एसएमएस पठाएर उनीहरुको व्यक्तिगत विवरणहरु लिने र त्यसको माध्यमबाट आर्थिक अपराध गर्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको हो । कमनवेल्थ बैंकको भन्दै आएको यस्तो एसएमएसमा कमनवेल्थ बैंक खाता लक भएको भन्दै ग्राहककोसम्पूर्ण व्यक्तिगत विवरण माग्ने गरिएको बैंकले जनाएको छ । यसैबीच कमनवेल्थ बैंकले आफ्ना ग्राहकहरुलाई सतर्क रहन चेतावनी नै दिएको छ । बैंकले कहिल्यै पनि वेवसाईटमा आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण, क्रेटिड कार्ड नम्बर र खाता...

Read More

नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’ अवधारणापत्रमा हस्ताक्षर भएको छ । परराष्टमन्त्रालयमा शुक्रबार विहान परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले अवधारणापत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरपछि परराष्ट्रमन्त्री डा.प्रकाशसरण महतले या हस्ताक्षरले दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले नेपाललाई धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको र दुई देशबीच भएको समझदारीले नेपालले लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका...

Read More