Category: विशेष

मेलबर्न सप्ताह विशेष : रकम संकलन तथा हिसाबकिताबमा शतप्रतिशत पारदर्शिता

मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या वर्षेनी बढिरहेको छ। देशबाट टाढा विदेशमा बसेपनि आफ्नो पहिचान बाँचीरहोस् र व्यवस्थित तरिकाले आफ्ना कार्यक्रम संचालन गर्न सकियोस् भन्ने उद्देश्यले मेलबर्नमा बस्ने नेपाली समुदायले आफ्नै सामुदायिक भवन बनाउने योजनालाई अगाडी बढाइरहेको छ । यो योजनालाई मूर्त रुप दिनको लागि आवश्यक रकम जुटाउने उद्देश्यले मेलबर्नमा सात दिने सप्ताह पुराणको आयोजना समेत गरिएको छ । सामुदायिक भवन बनाउने जिम्मा लिएको अष्ट्रेलियन नेप्लीज मल्टीकल्चरल सेन्टर (एएनएमसी)ले सप्ताह पुराणको आयोजना गर्न लागेको हो । यस महासप्ताहबाट सामुदायिक भवन निर्माणको लागि डेढ मिलियन डलर सहयोग रकम उठाउने लक्ष्य लिइएको छ। सप्ताह पुराण आयोजनाका लागि एनआरएनए अष्ट्रेलिया, न्याभ, महावाणिज्यदुतको कार्यालय...

Read More

समृद्धिको सूचकांकमा भारत र चीनभन्दा पनि नेपाल अगाडि !

काठमाडौं । समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि देखिएको छ । नेपाल चीनभन्दा १ स्थान अगाडि छ भने भारतभन्दा ११ स्थान माथि छ । नेपाल समृद्धि सूचकांकको ८९ औं स्थानमा रहँदा चीन १ स्थान तल ९० औं स्थानमा छ भने भारत ११ स्थान तल अर्थात १ सयौं स्थानमा छ । ‘लेगाटम प्रोस्पेरिटी इन्डेक्स २०१७’ मा उल्लेख भए अनुसार नेपाल दुई ठूला अर्थातन्त्र भएका छिमेकी भारत र चीनभन्दा अगाडि देखिएको हो । लेगाटम यन्स्टिच्युटले चीन स्वशासित हङकङसहित १ सय ४८ वटा राष्ट्रको अध्ययनपछि समृद्धि सूचकांक सार्वजनिक गरेको हो । प्रत्येक वर्ष लेगाटम समृद्धि सूचकांक सार्वजनिक गरेको हो । समृद्धि...

Read More

नेपाली सेनालाई उत्कृष्ट कार्य गरेबापत राष्ट्रसंघीय पदक !

काठमाडौं । राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक प्रदान गरेको छ । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत उक्त पदक दिइएको काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको छ । रोम्बेकमा आयोजित समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल फ्रान्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक प्रदान गरेका हुन् । नेपाली सुरक्षा निकायले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाप्रति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट उनले नेपाल सरकारलाई धन्यवादसमेत दिएको विज्ञप्तिमा जनाइएको छ...

Read More

वाम गठबन्धन संविधानको भावनाभन्दा बाहिर जाँदैनः अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताए । नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई अध्यक्ष दाहालले संविधानमा भएको व्यवस्थाभन्दा बाहिर वाम गठबन्धन नजाने बताए । उनले संघीय गणतन्त्रको संविधान कांग्रेस, एमाले, माओवादीलगायत दलहरुबीच सहमति भएर बनाएकाले संविधानको मर्म र भावनाअनुसार नै देशलाई नेतृत्व दिने बताए । जनतासामु यही कबुल गरेको उनको भनाइ थियो । ‘वामपन्थीले जितेपछि अर्कै केही हुन्छ भन्ने प्रचार विल्कुल गलत हो’ उनले भने । नेपालको इतिहासमा वामपन्थी नै बढी लोकतान्त्रिक, बढी जनपक्षीय, प्रेस स्वतन्त्रताको पक्षमा र...

Read More

धुर्मुस–सुन्तलीको नयाँ अभियान, सुरुभयो नमुना नेपालको काम

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने नमुना नेपालको प्रारम्भिक कार्य लेलेमा थालेको छ ।  लेलेको खावा डाँडामा फाउन्डेसनले परियोजनाको सर्वेको काम बुधबारदेखि थालेको हो । चर्चित हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले परियोजनाको प्रारम्भिक कार्यअन्तर्गत सर्बे थालेको बताउनुभयो । उहाँक अनुसार नेपाल इन्जिनियर्स एसोसियसनले प्राविधिक सहायता गर्ने गरी एसोसियसनका उप–महासचिव एवंम् जियोकम इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक इन्जिनियर रविभूषण झाको नेतृत्वमा आरआरपी सर्वे कन्सल्टस् प्रालिका प्रभास श्रेष्ठको समन्वयमा सर्वेको काम सुरु भएको हो...

Read More