Category: विशेष

सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको दादागिरी,आफ्नै खेत जोत्न दिएन

कञ्चनपुर । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८, सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नम्बर १६ को ७९६÷१ सवपिल्लर नजिक रहेको जग्गामा वीरबल गुरुङले भोगचलन गर्दै आएको जग्गामा भारतीय सुरक्षा बलले खनजोत गर्नमा रोक लगाएका हुन् । धान कटानपछि खेत जोत्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको गुरुङले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न रोक लगाएपछि खेत जोेत्न छाडेको गुरुङले बताउनुभयो । उहाँका अनुसार सोमबार एसएसबीका जवान खेत जोत्न लागेको समयमा आएर भारतीय भूमि भएको भन्दै खेत जोत्नमा रोक लगाएका थिए । समयसमयमा भारतीय पक्षले...

Read More

अष्ट्रेलियाको नागरिकता सम्बन्धी नयाँ विधेयक फेल,अप्रवासीहरुलाई राहत

मेलबर्न । अष्ट्रेलियामा अप्रवासीमाथि कडाइ गर्ने गरी संसदमा पेश गरिएको विधेयक अस्वीकृत भएको छ । अष्ट्रेलियाका अप्रवासी मन्त्री पिटर डटनले सदनमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक फेल भएपछि संसदको विचराधीन प्रस्तावको सूचीबाट हटाइएको हो । संसदले दिएको समयभित्र मन्त्री डटनले विधेयकलाई प्रस्तुत गर्न नसकेपछि विधेयक फेल भएको हो । तोकिएको समयभित्र विधेयक छलफलकालागि संसदमा पेश नभएपछि उक्त प्रस्तावलाई संसदको विचारधिन प्रस्तावको सूचीबाट हटाइएको छ । मन्त्री डटनले प्रस्तुत गरेको विधेयकले अष्ट्रेलियाको छवि नै विगार्ने भन्दै निकै विवादित बनेको थियो । अष्ट्रेलिया अप्रवासीहरुले नै बनेको देश भएपनि अप्रवासीलाई नै अप्ठ्यारो पार्नेगरी ल्याइएको भन्दै निकै आलोचना भएको थियो । विधेयक सूचीबाट...

Read More

कुन्ती मोक्तान : नेपाली संगीतकी आठौं सुर

-दीपेन्द्र दोङ तामाङ माथि माथि सैलुगेँमा चौरी डुलाउनेलाई,सुनकै भाउछ सुन्तला भारीको,खुट्टा तान्दै गर जस्ता सदाबहार कालजयी गीतका गायिका हुन् कुन्ती मोक्तान् । सायद बिरलै होलान् उनको गीतमा जीउ नहल्लाउने । उनको गीतमा नाच्दै बाल्यकाल बिताएका स्वर्णिम सम्झनाहरु धेरैसँग होलान् । किनकि आज पनि हरेक स्कुलको कार्यक्रमहरुमा कुन्तीकै गीत घन्केको हुन्छ । वास्तवमा कुन्ती मोक्तानको नामै पर्याप्त छ उनलाई चिन्न । लोक र शास्त्रीय संगीतको फ्यूजनका सयौं लोकप्रिय गीतका गायिका कुन्ती मोक्तान नेपाली सांगीतिक क्षेत्रकी सर्वप्रिय गायिका हुन् । त्यसैले त के केटाकेटी,के युवायुवती अनि के वृद्धवृद्धा सबै उनका गीत र स्वरका खाँटी प्रशंसक बनेका छन् । बुबा प्रेमकुमार सुन्दास...

Read More

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा,यसरी गरिन्छ लक्ष्मीपूजा

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ । आजै घर गोठमा गाईको पूजा गरिदैंछ । यस दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ । आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।...

Read More

दुवै निर्वाचन तोकिएकै मितिमा हुने निश्चित,निर्वाचन गतिविधि तीव्र

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने सुनिश्चित भएकाले त्यसमा कुनै आशङ्का नगर्न र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबै मतदातालाई आग्रह गरेको छ । ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’को तयारीका विषयमा जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेछ भन्ने विश्वास आयोगले लिएको छ ।” मतपत्रका बारेमा सर्वोच्च अदालतबाट बुधबार नै भएको आदेशबाट निर्वाचनलाई असर पर्छ कि भन्ने जिज्ञासामा प्रमुख आयुक्त डा। यादवले भन्नुभयो, ‘‘अदालतबाट भएको फैसलाको औपचारिक जानकारी प्राप्त छैन । सञ्चारमाध्यमबाट...

Read More