Category: विचार/ब्लग

चिलायो र कन्यायोको बीचमा हरायो ” हम्काइलो “

बर्षेनी तीजका गीतका भाका फेरिदै गएका छन् | हजुरआमाले गाउने भाका छोरीले बिर्सिए | छोरीले गाउने भाका अब नातिनीले गाउन मान्दैनन् | समय संगै फेरिएको तीजको भाकाले “अहिले त सम्हाल्नै नसकिने गरि डाँडो काट्यो” भन्नेहरुको पनि कमि छैन | हुन पनि गीतका शब्द नै सकिएर हो कि जे जे गाइदिए पनि हुन्छ भन्ने भएर हो यसपालीको तीजको गीत चिलाउने र कन्याउनेमा आएर अड्किएको छ | आज भन्द दुई बर्ष अघि  पोखरा- ७, मासवारकी ८० वर्षीया बदसरा पराजुलीले एउटा यस्तो तीज भाकाको एल्बम  निकालिन जुन भाका आजका नारीहरु मध्ये धेरै कमले मात्रै सुन्न पाएका होलान् | जवानीमा तीजको भाकामा दिनरात...

Read More

मस्तिष्क सुरक्षाका लागि के खाने

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ ।यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन,...

Read More

संसारै भरी तीजै तीज

हिन्दु नारीहरुको महत्वपूर्ण  चाड हरितालिका तीज हरेक वर्ष भाद्र शुक्ल द्वितीयाको  दिन देखि ऋषि पन्चमीको दिन सम्म मनाउने प्रचलन छ |  भगवान शिवको आराधना साथसाथै नाचगान मनोरञ्जन समेत गर्दै स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । मुख्य रुपले तीज पर्व नेपाली महिलाहरु र नेपाली भाषी  भारतीय  महिलाहरुले मनाउने गरेको पाइन्छ |हिन्दु नारीको पर्व भनिए पनि  भारतमा तीजको नाचगान भन्दा ऋषि पन्चमीलाई महत्व दिइने गरेको पाइन्छ तर नेपाली नारीहरुमा भने तीजमा धोको पुग्ने गरि नाच्ने र गाउने प्रचलन धेरै पुरानो हो | विश्व भर छरिएर रहेका नेपाली नारीहरुले बिगतका केहि बर्ष यता...

Read More

शरीरमा कोठी सुन्दरता अनि समस्या

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् । यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ । – निधारमा कोठी हुनेहरु बलबान हुन्छन् । -चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । – दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । – बायाँ आँखाको...

Read More

अनुमपको शिरमा ढाका टोपी

कोशेली फाउन्डेसनको निमन्त्रणामा एकल प्रस्तुतिको नाटक मन्चन गर्न नेपाल आइपुगेका बलिउड कलाकार अनुपम खेर आफ्नो प्रस्तुति सकेर राजधानी काठमाडौँ स्थिति आर्मी अफिसर्स क्लबबाट बाहिर निस्कदै गर्दा चिटिक्क ढाका टोपी र दुबोको मालामा सजिएर निस्किए | उनि आफैले  टोपी र माला लगाएका भने होइनन् | उनको सम्मानमा उक्त टोपी र माला पहिर्याइएको थियो | ढाकाटोपी र मालामा सजिएका कलाकार अनुपम सँग फोटो खिचाउनेको उत्तिकै  भिड लाग्यो | सोहि क्रममा फोटो खिचाउन अघि सर्नेमा थिइन्  कलिउड  नायिका निशा अधिकारी | निशा अधिकारीले कलाकार खेर सँग खिचेको उक्त तस्विर सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् |  ( तस्विर सौजन्य : निशा...

Read More