Category: विचार/ब्लग

यस्तो जिन्दगी खै के जिन्दगी !

– नारायण गाउँले बिहानै उठेर उकाली-ओराली हिँड्दै फर्किंदा घाँसको भारी बोकेर आइन्थ्यो र धारामा नुहाइन्थ्यो । आजभोलि बिना काम दुई घण्टा मर्निंग वाकमा निस्कन्छु, जगिंग गर्छु, दौडिन्छु र सावर लिन्छु । उहिले दिनहुँ लामो साइकल यात्रा गरेर स्कुल पुग्नुपर्थ्यो, अहिले जिममा जान्छु र साइकल चलाउँछु जसले कहीँ पुर्याउँदैन । पाखुरीको कसरत सकिँदै गर्दा “मोही” मथिइसकेको हुन्थ्यो । सनक्क एक गिलास पिइन्थ्यो ।अहिले पैसा तिरेर रबरको डोरी तान्छु अनि ‘प्रोटिन’ लेखेको धुलो घोलेर पिउँछु । आमाले ढिकी र जाँतोले घुँडा र हातको ‘एक्सरसाइज’ गर्नुहुन्थ्यो । मेरी श्रीमती अहिले त्यही एक्सरसाइजकै लागि पैसा तिर्छिन् । सेलर मिल थिएन, खाने चामल रातो-रातो...

Read More

रेल्वे स्टेशनमा भेटिएकी केटी

भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निद्रादेवीलाई आह्वान गरिरहें तर अहँ फिटिक्कै निद्रा परे पो । अपार्टमेन्टभन्दा केही मिटर मात्र पर रहेको रेल्वे स्टेशनबाट आइरहेको संकेत ध्वनी र रेलको आवाजले रातको निरवतालाई चिरिरहेको थियो । यता मन जति चङ्गा बनेर कता कता उड्दै थियो उति नै आँखाबाट निन्द्र पनि भाग्दै थियो । शायद भोलि र पर्सी दुई दुई दिन छुट्टी भएर पनि मनमा मनोविज्ञानले असर गरिरहेको थियो । जबर्जस्ती ब्ल्याङ्केटमा गुटमुटिएर बस्नु...

Read More

मन्त्रीको राजिनामापछि सकियो त मुद्दा ?

–कामना न्यौपाने “ कोसँग छस् अहिले ? कहाँ सुतिरहेकी छेस् ? सँगै सुतेको मान्छेलाई फोन दे त ! “ दिनभर गाउँ डुल्दा थाकेका हामी मस्त निन्द्रामा थियौं । मेरो छेऊमा सुत्नुभएकी दिदीको मोबाइलको घन्टी बज्यो । रातीको बाह्र बज्नै लागेको थियो । निन्द्राको तान्द्रमै दिदीले फोन उठाउँदा, उताबाट त्यो चर्को स्वर सुनिएको थियो । फोन गर्ने व्यक्ति दिदीका श्रीमान हुनुहुन्थ्यो, पढेलेखेका श्रीमान । र, उहाँलाई शंका थियो कि, ’फिल्डमा काम गर्न गएकी श्रीमती पुरुष साथीसँंग सुतिरहेकी त छैन ’? बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुलाई जोडेर दिइएका विभिन्न अभिव्यक्तिका बारेमा समाचार पढ्दा,सुन्दा मलाई ती दिदीको निन्याउरो अनुहार एकाएक याद आइरह्यो...

Read More

म सम्मान गर्छु हरेक निश्चल मानवलाई

समयले हरेक मानवलाई केही न केही सिकाएको र बुझाएको हुन्छ। जीवन बुझ्ने क्रममा हरेक मानवले सहि र गलतको पहिचान गरेको हुन्छ। सानो छँदा राम्रो गर्नुपर्छ , असल हुनुपर्छ , सबैको इज्जत गर्नुपर्छ भनेर हरेकले सिकेको र राम्ररी बुझेको पनि हुन्छ। नैतिक शिक्षाको ज्ञान त आमा बाबु र वातवरणबाट जनावरले पनि लिएको हुन्छ, हामी त मानव हौ। सायद गाउँमा जन्मिएको भएर होला, जब म सानो थिएँ म सबैसङ्ग बोल्थें अनि सबैलाई आफ्नो मान्दै सम्मानको सहि अर्थ बुझ्न थालेँ। हाम्रो गाउँ बाक्लो थियो। सबै अर्यालहरुको बसोबास भएको ठाँउ हो किशनडोल, जुन गाउँमा २०० जति परिवारको बसोबास छ। सायद म हरेक घरमा...

Read More

राजनीतिक पार्टीको दास मानसिकताबाट मुक्ती कहिले ?

– सुरेश पोखरेल यात्राको क्रममा दुबईमा अर्कों प्लेनको प्रतिक्षामा थिएँ। केही सामाजिक सन्जालका बहसहरु चाहार्ने मौक़ा मिल्यो। बहस के भनूँ, पुर्व आग्रह सहितका पक्ष विपक्ष। विश्वकप फुटबलले केही ओझेलमा पारेको भएपनि गंगामायाको न्यायको माग र मेडिकल शिक्षा विधेयकसंग गासिएको डा. केसीको अनसन अझै चर्चामा रहेछन्। कस्तो उदेक लाग्दो दृश्य ! गंगामायाको न्याय पाउने अधिकार सार्वभौम नैसर्गिक अधिकार त हो नै ,त्यो भन्दा पनि अहिलेको नेपालको संविधानले प्रदत्त गरेको नागरिक अधिकार हो। हामी सबैको अधिकार हो। हामी नागरिक सरकार भएको राज्यमा छौं भनिरहेका छौं र नागरिक अधिकारको रक्षा सरकारको पहिलो कर्तव्य हो। नागरिक सरकार को मापनको कड़ि नै त्यही हो।...

Read More

Cake To Nepal

फेसबुक