Category: विचार/ब्लग

मेरो यो कोख मेरो छोरीको लागि होइन

माफ गर्नुहोला त्यो मन्च मेरो लागि होइन, अहँ, म त चर्को स्वरमा बोल्दिन गीत गुनगुनाउदिन खुलेर हाँस्दिन मलाई अलच्छिनाइ बन्नु छैन । माफ गर्नुहोला त्यो कुर्सी र माइक मेरो लागि होइन म वादविवाद गर्दिन म शिर उच्च बनाएर बोल्दिन म आँखा जुधाएर हेर्दिन मलाई सोमत नभएकी बन्नु छैन माफ गर्नुहोला पारिको त्यो सुनौलो क्षितिज मेरो लागि होइन म एक्लै हिँड्दिन म अपरिचित सँग बोल्दिन म अपरिचित ठाउँमा पुग्दिन मलाई चरित्रहिन बन्नु छैन झुक्किनुभयो ? माफ गर्नुहोला त्यो रमाइलो मेरो लागि होइन म संगीतको तालमा निर्धक्क झुम्न सक्दिन म केटाहरुसंग त्यहाँ पुग्न सक्दिन म ती पेय पदार्थतिर आँखा लगाउन सक्दिन...

Read More

रक्षामन्त्री ईश्वर पोखरेलको छाता काण्डको भित्री कथा

काठमाडौं । बिमस्टेकको सम्मेलनमा भाग लिन आउने क्रममा अतिथि सत्कारको जिम्मा पाएका थिए, उपप्रधानमन्त्री ईश्वर पोखरेलले। पोखरेलले थाइल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा उनलाई सैनिकले छाता ओढाएका थिए। तर, थाइल्यान्डका प्रधानमन्त्रीले आफैं छाता समाएका थिए। यो तस्बिरको विषयमा तुलाना गर्दै सामाजिक सञ्जालमा पोखरेलको निकै आलोचना भएको छ। तर, आइतबार बिहान पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले त्यसको प्रतिवाद गर्दै फेसबुकमा स्ट्याटस लेखेका छन्। स्ट्याटसमा उनले नियत बांगो भएकाहरूले ुकुु प्रचार गरेको बताएका छन्। उनले यसरी स्पष्टीकरण दिएका छन्- लेख्नैपर्ने भएपछि लेख्दैछु, तल राखिएको फोटोका बारेमा एक प्रत्यक्षदर्शीको हैसियतले यथार्थ घटना जानकारी गराउन खोज्दैछु। बिमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना ९राष्ट्रपति र...

Read More

अष्ट्रेलियाको सर्वोच्च अदालतमा वकालत गर्ने सुमन भेटवालको विद्यार्थीलाई यस्तो सुझाव

काठमाडौं । सुमन भेटवाल विद्यार्थीको रुपमा २० वर्ष अगाडी अष्ट्रेलिया गएका थिए । आइटी पढ्न गएका उनले अरु विद्यार्थीले जस्तै संघर्ष गर्दै पढे र आइटी विषयमा ब्याचलर पास गरे । त्यसपछि उनलाई आफ्नो जीवन सामन्य लाग्न थाल्यो, उनी आफ्नो जीवनमा केही रोमाञ्चकताको महसुस गर्दै जोखिम उठाउन चाहन्थे । त्यसैले उनले कानुन विषयमा भर्ना हुने निधो गरे । नेपालीहरुका लागि अंग्रेजी भाषामा बोल्नु र त्यसमा पनि वकालत गर्नु गाह्रो र चुनौतीपूर्ण काम हो । उनले त्यो चुनौतीको सामना गर्ने निधो गरेर र चार वर्ष भन्दा बढीको कोर्स पढ्न थाले । परिक्षाको पहिलो दिनमा उनले यति दबाब महसुस गरे कि, परिक्षा...

Read More

यस्तो जिन्दगी खै के जिन्दगी !

– नारायण गाउँले बिहानै उठेर उकाली-ओराली हिँड्दै फर्किंदा घाँसको भारी बोकेर आइन्थ्यो र धारामा नुहाइन्थ्यो । आजभोलि बिना काम दुई घण्टा मर्निंग वाकमा निस्कन्छु, जगिंग गर्छु, दौडिन्छु र सावर लिन्छु । उहिले दिनहुँ लामो साइकल यात्रा गरेर स्कुल पुग्नुपर्थ्यो, अहिले जिममा जान्छु र साइकल चलाउँछु जसले कहीँ पुर्याउँदैन । पाखुरीको कसरत सकिँदै गर्दा “मोही” मथिइसकेको हुन्थ्यो । सनक्क एक गिलास पिइन्थ्यो ।अहिले पैसा तिरेर रबरको डोरी तान्छु अनि ‘प्रोटिन’ लेखेको धुलो घोलेर पिउँछु । आमाले ढिकी र जाँतोले घुँडा र हातको ‘एक्सरसाइज’ गर्नुहुन्थ्यो । मेरी श्रीमती अहिले त्यही एक्सरसाइजकै लागि पैसा तिर्छिन् । सेलर मिल थिएन, खाने चामल रातो-रातो...

Read More

रेल्वे स्टेशनमा भेटिएकी केटी

भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निद्रादेवीलाई आह्वान गरिरहें तर अहँ फिटिक्कै निद्रा परे पो । अपार्टमेन्टभन्दा केही मिटर मात्र पर रहेको रेल्वे स्टेशनबाट आइरहेको संकेत ध्वनी र रेलको आवाजले रातको निरवतालाई चिरिरहेको थियो । यता मन जति चङ्गा बनेर कता कता उड्दै थियो उति नै आँखाबाट निन्द्र पनि भाग्दै थियो । शायद भोलि र पर्सी दुई दुई दिन छुट्टी भएर पनि मनमा मनोविज्ञानले असर गरिरहेको थियो । जबर्जस्ती ब्ल्याङ्केटमा गुटमुटिएर बस्नु...

Read More