Category: विचार/ब्लग

मैले बुझेको जिन्दगी …

– अनुप राज अर्याल जीवन जीउने चक्करमा धेरै दु:ख अनि धेरै सुखको बाटो पार गर्ने म एक्लै पक्कै होइन होला। समय र परिस्थितिलाई राम्ररी केलाउन नजानेर गल्ती गर्ने अथवा अरुको बहकाउमा आफ्नो जीवन अरुको हत्केलामा छोड्ने गल्ती यहाँ जसले पनि गरेको हुन्छ । आफूलाई चाहिने ज्ञान नबुझेर यहाँ जो कोही पनि पछि परेको हुन्छ । आफ्नो जीवन जीउने बाहनामा अरुलाई पीडा दिएको मन नपर्ने पनि म मात्र होइन होला । हामी सधैं समयलाइ दोष दिने गर्छौं । तर, समय अनुसार कर्म गर्न चुक्छौँ । हामी अरुको सिको गरेर जिउने प्रयास गर्छौ। तर जीवन हरेक मान्छेको फरक हुन्छ, सोच्ने तरिका...

Read More

हुर्किंदै गरेकी छोरीमा समर्पित एउटी आमाको मर्मस्पर्शी कविता

मेरी छोरी कोमल स्पर्शमा तिम्रो म जब मन्त्रमुग्ध भएको थिएँ, तिमी म भित्र र म तिमी भित्र जिन्दगीका रंग हरु कोर्दै थियौं आमा हुनुको गर्व र ममताको अनुभूतीले म परिपूर्ण थिएँ मैले अंतर भित्र तिमीसँग वाचा साटेको थिएँ, म सदा छाता बनेर तिमीलाई तिमी माथि खस्ने हर कठोर शीतबाट जोगाउने छु मेरो ममताको शीतलताले तिमी माथी चर्कने हर तापलाई शीतल बनाउने छु तर मेरी छोरी, म अक्सर सोच्ने गर्छु, के मेरो छाताले निस्ठूर समयको बलियो हुरीलाई छेक्न सक्ला? मेरो ममताको शीतलताले तिम्रो जीवनका सबै ज्वार भाटा निभाउन सक्ला? म कोर्छु चित्रहरु तिम्रो सुनौलो भविष्यको, सुनौलो संसारको म रंगहरु भर्छु,...

Read More

अष्ट्रेलियामा आमा बिनाको मातातिर्थ औंशी : मन बुझाउने साहरा फोटो र भिडियो

मैले आमाको भिडीयो र फोटोबाट मात्र मुख हेर्न पाएको, यो लगातारको तेश्रो बर्ष हो । अर्थात फेसबुकको वालमा आमाको फोटो मात्र अपलोड गरेको। यी बर्षभन्दा पहिला कहिल्यै आमाको मुख हेर्न फेसवुक र भिडीयोको सहायता लिन पर्दैनथ्यो। सधैं बिहान उठेर आमाको मुख-मिठा गरेर, सगैं सेल्फी लिएर मात्र दिन सुरू हुन्थे। र त्यही ताजा सेल्फी नै पोस्टिन्थ्यो जता जता पोस्ट्याउन पर्ने हो, सबैतिर। सोसल मिडियामा एक दिन मात्र अरूलाई देखाउन देखावटी सेलिब्रेसन किन गर्न पर्यो भन्ने आदर्शवादीको ठूलै लाम पनि छ। तर त्यस्ता कुराले छुदैन मलाई, मातातीर्थ औंसीको दिन। उनीहरूलाई के थाहा, मेरी आमाले म संग बोल्नलाई नै फेसबुक चलाउन सिक्नु...

Read More

अष्ट्रेलियाबाट आमालाई छोरा मन्दीपको पत्र – आँशुसँग सुख साट्दैछु आमा ।

मेलबर्न । मेरो जन्म भएसँगै आमाको नाम पाउनु भएकी तपाई मेरो आदर्श हो । तपाई मेरो चरित्र र व्यवहारको एक शिक्षक पनि हुनुहुन्छ । भन्छन् आमा एक शिक्षक हुन् र ज्ञानको परिभाषा । तपाई मेरो जीवनमा ज्ञानको परिभाषा र शिक्षक बनेर मलाई यसरी सिंचित गुर्न भयो जसले म गौरवको साथ मेरी आमा वा भनौं मेरी शिक्षक सुनितादेवी बरालको पुत्र मन्दीपराज दाहाल भन्न सक्छु । नेपालबाट आफनो शिक्षा थप तिखार्नको लागि विदेश हानिएपनि तपाईको मुस्कान र तपाईको मप्रतिको संघर्षले म हरेक पटक भावुक हुने गरेको छु । यहाँ म हरेक दिन तपाईको तस्विर हेर्दै तपाईले गर्नुभएको संघर्षलाई सम्झिन्छु र खुसीको आँसु...

Read More

उपन्यास अंश : अनि चमार राम भयो

-शिवानीसिंह थारु घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो ओढनीहरूले निन्याउरोपन थपिदिएका थिए । “बाउ, पञ्चयतीमा के फैसला भयो ? ” घुर्नाले स्वरको तातोले जमेको मौनता पगाल्न खोज्यो । “कहाँ गुवारहरू फट्किंदै फट्केनन् पञ्चयतीमा । बइमानहरू । हमरालोग नगए भनेचाहिं सजा सुनाउँछन् । तिनीहरू नआउँदा बसेको बसे गर्नुपर्छ । दुदु घण्टा फोकटिया इन्तजार गराए । अब भन्छन्, कसैलाई नागरिकता चाहे भने नागरिकता हुनेहरूको सिफारिस चाहिन्छ रे । भला...

Read More