मिस नेपाललाई सरकारले नै बुझेन : मिस नेपाल श्रृंखला खतिवडा
हेटौंडा । मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले फिल्न नखेल्ने बताएकी छन् । ‘मलाई अभिनय र नाच्न पनि राम्रोसँग आउँदैन’, मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा आएकी खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘मिस नेपाल हुनेबित्तिकै अभियानमा आउनुपर्छ भन्ने पनि छैन ।’ आर्किटेक्टको विद्यार्थी भएकाले त्यही पेशामै अघि बढ्ने सोचमा रहेको खतिवडाले बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उनले बताइन् । ‘म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा रहन्छु’, उनले भनिन् । हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू त्यसतर्फ नलाग्ने खतिवडाले स्पष्ट पारिन् । उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु...
Read More